काठमाडौं- नेपाली कांग्रेसका नेता तथा नुवाकोट-२ का उम्मेदवार डा रामशरण महत चढेको गाडीलाई लक्षित गरी एम्बुस विस्फोट गराइएको छ।
उनी सवार बा १६ च ६६५ नम्बरको गाडी लक्षित एम्बुस विस्फोट गराए पनि उनी सकुशल रहेका छन्। उनी अगाडि बढिसकेकाले अर्को गाडी विस्फोटमा परेको हो। सो घटनामा कांग्रेसका केही कार्यकर्ता घाइते भएका छन्।
चुनावी अभियानमा सरिक महत ककनी गाउँपालिका वडा नम्बर ५ डाँडागाउँ सिंगारेचौरमा पुग्दा सो विस्फोट भएको हो। घाइते हुनेहरुमा उपेन्द्र मिश्र र भेषकुमार तामाङ, सविन लामा, रमेश राई लगायत घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइँदैछ।
महत भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकरजंग विष्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।