• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३१, २०८२ Fri, Oct 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

चिनियाँ कम्पनी बिवाइडीसँगको विद्युतीय बस तथा कार खरिद सम्झौता रद्द

64x64
उत्तम काप्री आइतबार, चैत १७, २०७५  १८:०६
1140x725

 उत्तम काप्री/काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चिनियाँ कम्पनी बिवाइडीसँग खरिद गरेका विद्युतीय बस तथा कार खरिद सम्झौता रद्द गर्ने भएको छ। बिवाइडीले केही महिनाअघि नेपाल ल्याएका विद्युतीय बस गुणस्तरहीन भएको तथ्य मन्त्रालयले फेला पारेको थियो। 

मन्त्रालयले लुम्बिनी विकास कोषका लागि बिवाइडीसँग खरिद गरिएको गुणस्तरहीन ५ वटा विद्युतीय बस फिर्ता लैजान निर्देशन दिएको थियो। मन्त्रालयले सम्झौतामा उल्लेख भएका मापदण्ड नमिलेको भन्दै विद्युतीय बस फिर्ता गरी नयाँ बस उपलब्ध गराउन बिवाइडीलाई पत्राचार गरेको थियो। 

बिवाइडीलाई गुणस्तहीन बस फिर्ता लैजान बारम्बार पत्रचार गरे पनि कुनै प्रतिक्रिया नदिएपछि ठेक्का सम्झौत रद्द गर्ने अन्तिम तयारी भएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याले जानकारी दिए। ‘खरिद सम्झौता रद्द भइसकेको जस्तै हो,' उनले भने, ‘केही कानुनी तथा बैंक ग्यारेन्टी बापतको रकम जफत लगायतका विषय मिल्ने बित्तिकै सम्झौता रद्द हुन्छ।’ 

पर्यटकीय स्थल लुम्बिनी विकास कोषका लागि भनेर ल्याइएका भएपनि काठमाडौंका सडकमा उतारिएका यी विद्युतीय बस खरिदमा चिनियाँ कम्पनीका नेपाली एजेन्टको बदमासी सतहमा आएको थियो।

चीनमा विद्युतीय सवारी उत्पादन तथा बिक्री वितरणका लागि कहलिएको बिवाइडी कम्पनीका लागि विद्युतीय गाडीको नेपाली एजेन्ट साइमेक्स कम्पनी हो। यो कम्पनी सांग्रिला होटलका सञ्चालक प्रसिद्ध पाण्डेको हो। 

पाण्डेको कम्पनीले सम्झौता विपरीत ५ वटा गुणस्तहीन विद्युतीय बस उपलब्ध गराएको तथ्य सार्वजनिक भएको थियो। २० सिट क्षमताका ५ वटा बस र ७ सिट क्षमताका ११ वटा विद्युतीय कार खरिद गर्न मन्त्रालयले चिनियाँ कम्पनी बिवाइडीसँग सम्झौता गरेको थियो। जसमा २० सीटका बस नेपाल आइपुगेका थिए। तर ७ सिटका ११ वटा कार आउने र नआउने निश्चित नै भएको थिएन।

अब मन्त्रालयले सम्झौताअनुसारका विद्युतीय बस उपलब्ध नगराएको कारण ठेक्का सम्झौता रद्द गर्न लागेको जनाएको छ। लुम्बिनी विकास कोषका लागि भनेर खरिद गरिएका ५ वटा विद्युतीय बस गुणस्तरहीन भएको प्रमाणित  भएको थियो। 

Ncell 2
Ncell 2

मन्त्रालयले एसियाली विकास बैंक (एडिबी)को अनुदान सहयोगमा एक वर्षअघि विद्युतीय बस खरिद गर्ने निर्णय गरेको थियो। 

गुणस्तहीन प्रमाणित भइसकेको विद्युतीय बस नेपाल भित्र्याइएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक पहिलो साता बेलुन फर्फराउँदै पुल्चोकदेखि सिंहदरबारसम्म बसमा सवारी गरी उद्घाटन गरेका थिए।

विद्युतीय बस कम गुणस्तरका मात्र होइनन, सम्झौताका मापदण्ड मिचेर खरिद गरिएको प्रमाणित भएको थियो। मन्त्रालयले बस खरिद सम्झौता गर्दा चिनियाँ उत्पादन हुनपर्ने उल्लेख गरेको थियो। तर, सांग्रिला होटलका सञ्चालक तथा चिनियाँ कम्पनीका नेपाली एजेन्ट पाण्डेको मिलोमतोमा भारतमा उत्पादन भएका गुणस्तरहीन विद्युतीय बस नेपाल भित्र्याइएको थियो। 

सम्झौता विपरीत विद्युतीय बस खरिद भएको सूचना पाएपछि मन्त्रालयले अध्ययन कमिटी बनाएर छानबिन गरेको थियो। छानबिन समितिले प्रतिथान दुई करोड रुपैयाँ परेका विद्युतीय बसमा १७ वटा कमजोरी रहेको फेला पारेको थियो।

खरिद सम्झौतामा सी–६ विद्युतीय मिनीबस भन्ने उल्लेख भएपनि पाण्डेले भारतीय बजारमा परीक्षणका लागि उत्पादन भएका के–६ विद्युतीय बस नेपाल ल्याइएको तथ्य समितिले फेला पारेको थियो।

खरिद सम्झौतामा विद्युतीय बसको तौल ७ हजार ४ सय ६५ केजी हुनुपर्ने उल्लेख थियो। तर ५ वटै बस कम तौलका छन्। नेपाल ल्याइएका बसको उत्पादन मिति समेत स्पष्ट खुलाइएको थिएन। गाडीको बत्ती, सिट बेल्ट, सूचीबोर्ड समेत मापदण्डभन्दा बाहिर रहेको खुल्न आएको थियो।

विद्युतीय बसको फिनिसिङ पनि सम्झौताअनुसार नरहेको, गाडीमा प्रयोग गरिएका सिसाहरू पनि मापदण्ड विपरीत रहेको प्रतिवेदनमा उल्लेख छ। बसको ढोका समेत राम्रोसँग नखुल्ने अवस्थामा थिए।

यसका साथै गाडीको उत्पादन परीक्षण रिपोर्ट समेत  नभएको फेला परेको थियो। खरिद सम्झौतामा तोकिए बमोजिमका पार्टपूर्जा र टायर पनि नभएको फेला परेको थियो।

यो पनि:
सांग्रिला होटलका मालिक पाण्डेको मिलेमतोमा लुम्बिनी विकास कोषलाई गुणस्तरहीन विद्युतीय गाडी, यस्ता छन् १७ कमजोरी
गुणस्तरहीन विद्युतीय बस फिर्ता लैजाऊ : पर्यटन मन्त्रालय
गुणस्तरहीन विद्युतीय बस बेच्ने बिवाइडीलाई सरकारको चेतावनीपत्र, सम्झौताअनुसार बस नदिए ठेक्का रद्द

प्रकाशित मिति: आइतबार, चैत १७, २०७५  १८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै शुक्रबार, असोज ३१, २०८२
च्याम्पियन बन्ने लक्ष्यसहित आज सामोआसँग खेल्दै नेपाल शुक्रबार, असोज ३१, २०८२
सरकारसँग वार्ता गर्न जेन-जीले समिति बनाउने बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
अमेरिकाबाट फर्किए स्वर्गीय विपीन जोशीका आमा र बहिनी, विमानस्थलमै लिन पुगे इजराली राजदूत बिहीबार, असोज ३०, २०८२
सहकारी ठगहरु सुनका घडी लगाउँछन्, नक्कली डिभोर्स गरेर बस्छन्– प्रधानमन्त्री कार्की बिहीबार, असोज ३०, २०८२
सुन तोलाको साढे २ लाख कट्यो बिहीबार, असोज ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्