• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक १, २०८२ Sat, Oct 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

गुणस्तरहीन विद्युतीय बस बेच्ने बिवाइडीलाई सरकारको चेतावनीपत्र, सम्झौताअनुसार बस नदिए ठेक्का रद्द

64x64
उत्तम काप्री आइतबार, फागुन ५, २०७५  १९:४६
1140x725

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चिनियाँ कम्पनी बिवाइडीलाई गुणस्तरहीन विद्युतीय बस फिर्ता लगी सम्झौताअनुसार नयाँ बस उपलब्ध गराउन पत्राचार गरेको छ। विद्युतीय बसमा सम्झौता अनुसारका विषेशता नभएकाले पत्राचार गरिएको मन्त्रालयले बताएको छ। 

बिवाइडीले उपलब्ध गराइएका ५ वटा विद्युतीय गाडी फिर्ता लगरे सम्झौताअनुसार बस उपलब्ध गराउन भन्दै पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।

लुम्बिनी विकास कोषका लागि भनेर खरिद गरिएका ५ वटा विद्युतीय बस गुणस्तरहीन भएको प्रमाणित भएको थियो। 'गुणस्तरहीन प्रमाणित भएका बस ‘रिइन्स्पेक्ट’(प्राविधिक रुपमा मर्मत) मात्र गरेर नेपालले लिँदैन। सम्झौताअनुसारकै नयाँ बस उपलब्ध गराउने भए केही समय थप हुन्छ,' बिवाइडीलाई पठाइएको पत्रमा भनिएको छ। 

मन्त्रालयले गरेको पत्रको कम्पनीबाट अहिलेसम्म कुनै पनि औपचारिक जानकारी नआएको प्रवक्ता उपाध्यायको भनाइ छ।

कम्पनीले पत्रको जवाफ नदिए ठेक्का सम्झौता रद्द गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले एसियाली विकास बैंक (एडिबी)को अनुदान सहयोगमा एक वर्षअघि विद्युतीय बस खरिद गर्ने निर्णय गरेको थियो। 

२० सिट क्षमताका ५ वटा बस र ७ सिट क्षमताका ११ वटा विद्युतीय कार खरिद गर्न मन्त्रालयले चिनियाँ कम्पनी बिवाइडीसँग सम्झौता गरेको थियो। जसमा २० सीटका बस नेपाल आइपुगेका थिए। तर ७ सिटका ११ वटा कार आउने/नआउने निश्चित छैन। अब मन्त्रालयले सम्झौताअनुसारका विद्युतीय बस उपलब्ध नगराए ठेक्का सम्झौता रद्द गर्ने जनाएको छ।

गुणस्तहीन प्रमाणित भइसकेको विद्युतीय बस नेपाल भित्र्याइएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक पहिलो साता बेलुन फर्फराउँदै पुल्चोकदेखि सिंहदरबारसम्म बसमा सवारी गरी उद्घाटन गरेका थिए। विद्युतीय बस कम गुणस्तरका मात्र होइनन्, सम्झौताका मापदण्ड मिचेर खरिद गरिएको प्रमाणित भएको थियो।

Ncell 2
Ncell 2

पर्यटकीयस्थल लुम्बिनी विकास कोषका लागि भनेर ल्याइएका भएपनि काठमाडौंमा चलाउने गरी सडकमा उतारिएका यी विद्युतीय बस खरिदमा चिनियाँ कम्पनीका नेपाली एजेन्टको बदमासी सतहमा आएको थियो। चीनमा विद्युतीय सवारी उत्पादन तथा बिक्री/वितरणका लागि कहलिएको बिवाइडी कम्पनीका लागि विद्युतीय गाडीको नेपाली एजेन्ट साइमेक्स कम्पनी हो। यो कम्पनी सांग्रिला होटलका सञ्चालक प्रसिद्ध पाण्डेको हो। 

पाण्डेको कम्पनीले सम्झौता विपरीत ५ वटा गुणस्तहीन विद्युतीय बस उपलब्ध गराएको तथ्य सार्वजनिक भएको थियो। 

२० सिट क्षमताका ५ वटा बस र ७ सिट क्षमताका ११ वटा विद्युतीय कार खरिद गर्न मन्त्रालयले चिनियाँ कम्पनी बिवाइडीसँग सम्झौता गरेको थियो। जसमा २० सीटका बस नेपाल आइपुगेका थिए। तर ७ सिटका ११ वटा कार आउने/नआउने निश्चित छैन। अब मन्त्रालयले सम्झौताअनुसारका विद्युतीय बस उपलब्ध नगराए ठेक्का सम्झौता रद्द गर्ने जनाएको छ।

मन्त्रालयले बस खरिद सम्झौता गर्दा चिनियाँ उत्पादन हुनपर्ने उल्लेख गरेको थियो। तर, सांग्रिला होटलका सञ्चालक तथा चिनियाँ कम्पनीका नेपाली एजेन्ट पाण्डेको मिलोमतोमा भारतमा उत्पादन भएका गुणस्तरहीन विद्युतीय बस नेपाल भित्र्याइएको थियो। 

सम्झौता विपरीत विद्युतीय बस खरिद भएको सूचना पाएपछि मन्त्रालयले अध्ययन कमिटी बनाएर छानबिन गरेको थियो। छानबिन समितिले प्रतिथान दुई करोड रुपैयाँ परेका विद्युतीय बसमा १७ वटा कमजोरी रहेको फेला पारेको थियो।

खरिद सम्झौतामा सी-६ विद्युतीय मिनीबस भन्ने उल्लेख भएपनि पाण्डेले भारतीय बजारमा परीक्षणका लागि उत्पादन भएका के-६ विद्युतीय बस नेपाल ल्याइएको तथ्य समितिले फेला पारेको थियो।

खरिद सम्झौतामा विद्युतीय बसको तौल ७ हजार ४ सय ६५ केजी हुनुपर्ने उल्लेख छ। तर ५ वटै बस कम तौलका छन्। नेपाल ल्याइएका बसको उत्पादन मिति समेत स्पष्ट खुलाइएको छैन। गाडीको बत्ती, सिट बेल्ट, सूचीबोर्ड समेत मापदण्डभन्दा बाहिर रहेको खुल्न आएको थियो।

विद्युतीय बसको फिनिसिङ पनि सम्झौताअनुसार नरहेको, गाडीमा प्रयोग गरिएका सिसाहरू पनि मापदण्ड विपरीत रहेको प्रतिवेदनमा उल्लेख छ। बसको ढोका समेत राम्रोसँग नखुल्ने अवस्थामा थिए।

यसका साथै गाडीको उत्पादन परीक्षण रिपोर्ट समेत  नभएको फेला परेको थियो। खरिद सम्झौतामा तोकिए बमोजिमका पार्टपूर्जा र टायर पनि नभएको फेला परेको थियो।

प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
त्रिभुवन विमानस्थलका आन्तरिक उडान सबै रद्द विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फकासबै उडान रद्द गरिएका हुन् । अन्तररा... शनिबार, असोज १८, २०८२
१६ वर्ष चार महिना १८ दिनको उमेरमा मनास्लु हिमालको सफल आरोहण इलाइट ट्रेक्स एण्ड एक्सपिडिसन प्रबन्धक तथा हिमाल आरोहणबाटै गिनिज बुकमा नाम लेखाएका मिङमा डेभिड शेर्पाका अनुसार उनी सबैभन्दा कम उमेरम... सोमबार, असोज १३, २०८२
नागरिक उड्डयन प्राधिकरणले भन्योः हवाई टिकटमा भाडा नबढाउनू नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने का... शुक्रबार, असोज १०, २०८२
ताजा समाचारसबै
काठमाडौंमा राति ९ बजेपछि देउसीभैली नखेल्न प्रशासनको आग्रह शनिबार, कात्तिक १, २०८२
आज साँझ यमदीपदान गरिँदै शनिबार, कात्तिक १, २०८२
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई शुक्रबार, असोज ३१, २०८२
सामोआविरुद्ध नेपालले दियो २१२ रनको विशाल लक्ष्य शुक्रबार, असोज ३१, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई शुक्रबार, असोज ३१, २०८२
एकैदिन तोलामा ७ हजार १ सय बढ्यो सुन शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्