काठमाडौं- निर्वाचन आयोगले सर्वोच्चको आदेश अनुसार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि अलग-अलग मतपत्र छपाइ सुरु भइसकेको लिखित जानकारी सर्वोच्चमा पेश गरेको छ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव आफैं सर्वोच्च पुगेर मतपत्र छपाइ प्रारम्भ भइसकेको लिखित जवाफ पेश गरेका हुन् । यादवले अदालतको आदेश अनुसार आयोगले काम गरेकाले अवहेलना मुद्दा खारेज गर्न निवेदन दिएका छन्।
'अदातलको आदेश र भावना अनुसार निर्वाचन आयोगबाट काम भएको हुँदा अवहेलना मुद्दा खारेज गर्न निवेदन दिएको छु', यादवले दिएको लिखित जवाफमा उल्लेख छ।
यसअघि राष्ट्रिय जनता पार्टीका सह-महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले छुट्टाछुट्टै मतपत्र हुनुपर्ने भनी हालेको रिटमा अन्तरिम आदेश दिनुनपर्ने भन्दै कात्तिक १ गते सर्वोच्चले प्रत्यक्षतर्फ भने दुई वटा मतपत्र बनाउने कानुनी व्यवस्थाप्रति आयोगलाई ध्यानाकर्षण गराएको थियो । उक्त आदेश पालना नगरी निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा एउटै मतपत्र बनाउन लागेको भन्दै नेता शुक्ला पुनः अवहेलना निवेदन लिएर सर्वोच्च पुगेका थिए।
प्रमुख निर्वाचन आयुक्त यादवले सर्वोच्चमा पेश गरेको लिखित जवाफ:



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।