हेटौंडा– दुई दिनको अन्तरालमा हेटौंडाका केही कुखुरा व्यवसायीका हजारौं कुखुराहरू मरेका छन्। कुखुरा मरेपछि करौडौंको क्षति भएको छ।
किसानले दिएको जानकारीअनुसार हेटौंडा–७ मा १० हजार बढी कुखुरा मरेका छन्। भेटेरिनरी अस्पतालले एचनाइन भाइरसको सङ्क्रमण भएको पुष्टि गरे पनि बर्डफ्लुको हल्ला फैलिएपछि अन्य किसान पनि चिन्तित भएका छन्।
हेटौंडा उपमहानगरपालिकाको व्यावसायिक कुखुरापालनका लागि पकेट क्षेत्र मानिने क्षेत्रमा किसानका हजारौं कुखुरा केही दिनको अन्तरालमै सखाप भएपछि जिल्लाभरका अन्य किसान पनि बर्डफ्लुको हल्लाले थप चिन्तित बनेका छन्।
मकवानपुर कुखुरा व्यवसायी सङ्घले पत्रकार सम्मेलन आयोजना गरी बर्डफ्लुको हल्ला निराधार भएको जनाएको छ। सङ्घका अध्यक्ष राजु अधिकारीले बर्डफ्लु रोग नेपालमै नभएको र हेटौंडाका कुखुरामा बर्डफ्लुको कुनै पनि लक्षण नदेखिएको बताए।
अधिकारीले आफूहरू मानव स्वास्थ्यप्रति गम्भीर भएकाले सरकारी प्रयोगशालाको परीक्षणमा बर्डफ्लु प्रमाणित भए कुखुरा आफैं नष्ट गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
भेटरिनरी अस्पताल तथा पशु सेवाविज्ञको कार्यालयले पनि कुखुरामा देखिएको रोग बर्डफ्लु नभएको जनाएको छ। ‘एचनाइन एन टु भाइरस’ नामक प्रकोपले कुखुराहरू मरेको केन्द्रका प्रमुख डा चेतनारायण खरेलले जानकारी दिए। “हामीले सङ्क्रमण पत्ता लगाइसक्यौं र त्यसको निदान पनि लगभग भइसकेको छ”, उन भने। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।