काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागत केन्द्रीय सदस्य (महिला) का दुई पदमा डा. सीता पोखरेल घिमिरे र बाला अधिकारी निर्वाचित भएका छन्।
अन्तिम मतपरिणामअनुसार डा. घिमिरेले २ हजार ६५० र अधिकारीले २ हजार १९४ मत प्राप्त गरेका छन्।
निर्वाचनमा ई. मेलि साहले २ हजार १८७, ई. निर्मला लामाले २ हजार १४, रञ्जिता कार्कीले १ हजार ८३२ र सुधा रिजालले ७२८ मत प्राप्त गरेका छन्।
यससँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत केन्द्रीय सदस्य (महिला) का दुई पदको परिणाम सार्वजनिक भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।