काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लडेको र ढलेको बेलामा साथ दिनेहरूको धेरै महत्त्व हुने बताएका छन्।
दसैँ, तिहार र छठ पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अप्ठ्यारोमा परेको बेला दिइने साथको धेरै महत्त्व हुने बताए।
‘सिधा हिँडिरहेको बेलामा, सजिलोको बेलामा साथ दिनेहरू धेरै भए पनि असहज बेलामा साथ दिनेहरूको महत्त्व धेरै हुने’ उनले बताए।
थापाले आफू राजनीतिक यात्राका क्रममा धेरै पटक लडेको र ढलेको स्मरण गरे।
आफू कमजोर भएर अप्ठ्यारोमा परेका बेला साथ दिनेहरूप्रति थापाले आभार व्यक्त गरे।
आफूलाई अहिलेको स्थानमा पुर्याउन शुभेच्छुकहरूको ठूलो योगदान रहेको पनि सभापति थापाले बताए।
‘निरन्तर स्नेह जुन मलाई गर्नुभएको छ, जुन विश्वास गर्नुभएको छ। म आज जुन ठाउँमा छु, मैले पटक–पटक यो कुरा भनेको छु, फेरि पनि दोहोर्याउँछु,’ उनले भने, ‘यस्तो कुरा दोहोर्याउन पनि मन लाग्छ। त्यसमा तपाईंहरूको धेरै–धेरै–धेरै ठूलो स्टेक छ। तपाईंहरूको धेरै ठूलो योगदान छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।