काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ। महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत काफ्लेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ।
पेट दुख्ने समस्या देखिएपछि अस्पताल पुगेकी काफ्लेको चिकित्सकीय परीक्षणका क्रममा एपेन्डिसाइटिस पुष्टि भएको थियो। त्यसपछि चिकित्सकको सल्लाहमा बिहीबार बिहान करिब ४ बजे शल्यक्रिया गरिएको हो।
अस्पतालका वरिष्ठ शल्यचिकित्सक डा. प्रशान्त वीरसिंह कंसाकारको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गरेको अस्पताल प्रशासन शाखाले जानकारी दिएको छ।
शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरूले बताएका छन्। पत्नीको उपचारका क्रममा प्रधानमन्त्री शाह पनि अस्पताल पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।