सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग आज पनि अवरुद्ध भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका-४ स्थित घोप्टेभिर नजिकै सोमबार बिहानपख सुक्खा पहिरो खस्दा दुईतर्फी नै सडक पूर्ण रूपमा अवरुद्ध भएको नागढुंगा मुग्लिङ सडक आयोजनाले जनाएको छ।
पहिरो हटाउन सम्बन्धित स्थानमा मेसिनसहितको उपकरण परिचालन भैसकेको नागढुंगा मुग्लिङ सडक योजना पश्चिम खण्डका इन्जिनियर सचिन्द्र मिश्रले जानकारी दिए। पहिरो हटाउन करिब ३ घण्टा लाग्ने अनुमान गरिएको उनले वताए।
आइतबार बिहान पनि पहिरो खस्दा यो सडकखण्ड दिनभर अवरुद्ध भएको थियो।
सडकमा पहिरो खसेपछि दुईतर्फी नै सवारीसाधन रोकिएका छन्। चाडपर्वको बेला सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।