काठमाडौँ - कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दोलखा घर भई हाल काठमाडौँ महानगरपालिका–३ बस्ने वर्ष अन्दाजी २७ की ङबुदि शेर्पाको आइतबार मृत्यु भएको हो ।
धादिङ घर भई हाल काठमाडौँको बालुवाटार बस्ने शान्ताकुमारी तामाङले चलाएको बा.प्र.०१-०२७ च ९७३६ नम्बरको कारले चक्रपथतर्फ आउँदै गरेको दोलखा घर भई हाल काठमाडौँको बुढानीलकण्ठ बस्ने सोमबहादुर धामीले चलाएको बा.प्र.०२–०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएकी शेर्पाकाे उपचारका क्रममा दिउँसो ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कुटर चालक धामी सामान्य अवस्थामा रहेका छन् । दुर्घटनामा संलग्न कार चालक शान्ताकुमारी तामाङलाई नियन्त्रणमा लिइएको छ भने दुवै सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा छन् ।
कारलाई नेपाल प्रहरी प्रतिकार्य तथा तालिम केन्द्रमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।