काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स तथा दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।
दिउँसो १२:३० बजे सुरु हुने पहिलो खेलमा कर्णाली र पोखरा आमनेसामने हुनेछन्। चार खेलबाट चार अंक जोडेको कर्णाली छैटौं स्थानमा छ भने चारवटै खेल गुमाएको पोखरा अंकविहीन हुँदै तालिकाको पुछारमा छ।
त्यस्तै, दिउँसो ४:३० बजे हुने दोस्रो खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजको सामना गर्नेछ। चार खेलबाट पाँच अंक जोडेको चितवन चौथो स्थानमा छ भने समान चार खेल खेलेको काठमाडौं ६ अंकसहित दोस्रो स्थानमा छ।
अंकतालिकामा पाँच खेलबाट सात अंक जोडेको लुम्बिनी लायन्स शीर्ष स्थानमा छ। सुदूरपश्चिम रोयल्स पनि पाँच खेलबाट छ अंकसहित तेस्रो स्थानमा छ। जनकपुर बोल्ट्स र विराटनगर किंग्सले चार–चार अंक जोड्दा पोखरा भने जितविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।