• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

साढे ६ खर्ब नाघ्यो व्यापार घाटा, भारतसँग मात्रै ५७ प्रतिशत

आयातमा वीरगन्ज, निर्यातमा विराटनगर ठूलो नाका
64x64
नेपाल लाइभ शनिबार, फागुन ११, २०७५  १७:४२
1140x725

काठमाडौं- वैदेशिक व्यापार वृद्धि भएसँगै व्यापार घाटा पनि बढ्दै गएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिना अवधिमा व्यापार घाटा साढे ६ खर्ब नाँघेको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् पुस मसान्तसम्ममा मुलुकले ६ खर्ब ७८ अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहारेको छ।

यस अवधिमा मुलुकले कुल ७ खर्ब ६९ अर्ब ३५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको विभागको तथ्यांकमा उल्लेख छ। यस अवधिमा ७ खर्ब २३ अर्ब ९३ करोड रुपैयाँ बराबरको आयात र ४५ अर्ब ४१ करोड रुपैयाँको निर्यात गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ५ खर्ब १३ अर्ब रुपैयाँ रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। 

९५ रुपैयाँको आयात हुँदा ५ रुपैयाँको मात्र निर्यात
निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापार अवस्थामा सन्तुलन कायम हुन सकेको छैन। कुल वैदेशिक व्यापारमा ९४ दशलमव १ प्रतिशत आयात र ५ दशमलव ९ प्रतिशत निर्यातको योगदान रहेको छ।

 गत आर्थिक वर्षको सोही अधिको तुलनामा कुल वैदेशीक व्यापारमा आयातको योगदान १ दशमलव शुन्य ८ प्रतिशतले बढेको छ भने निर्यातको योगदान १४ दशमलव ६० प्रतिशतले घटेको छ ।

आयातमा वीरगञ्ज र निर्यातमा विराटनगर ठुलो नाका
सबैभन्दा ठुलो व्यापारिक नाका वीरगञ्जबाट मात्र कुल वैदेशिक व्यापारमा ३४ दशमलव ३५ प्रतिशत आयात र १८ दशमलव ६१ प्रतिशत निर्यात भएको छ। समीक्षा अवधिमा वीरगञ्ज नाकाबाट २ खर्ब ४८ अर्ब ६७ करोड ४३ लाख रुपैयाँको आयात भएकोमा ८ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ।

धेरै आयात भएका भन्सार नाकाहरुमा भैरहवा १ खर्ब २२ अर्ब सहित दोस्रो र ८७ अर्ब २ करोड रुपैयाँको आयात गर्दै विराटनगर तेस्रो स्थानमा छ। 

Ncell 2
Ncell 2
nimb
nimb

निर्याततर्फ भने सबैभन्दा बढी विराटनगर नाकाबाट कुल निर्यातको २९ दशलमव १७ प्रतिशत निर्यात भएको छ। यस अवधिमा उक्त नाकाबाट १३ अर्ब २५ करोड ४३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। निर्यात बढी भएका भन्सार नाकाहरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वीरगञ्ज भन्सार क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।  

मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार नाकाबाट ८६ अर्ब ३० करोड ८ लाख रुपैयाँ बराबरको आयात र १२ अर्ब २९ करोड ८३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। उक्त अनुपात मुलुकको कुल वैदेशिक व्यापारमा निर्यात २७ दशमलव शून्य ८ प्रतिशत र आयातमा ११ दशमलव ९२ प्रतिशत हो।

सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात 
यस अवधिमा आयाततर्फ ईन्धन, फलाम तथा स्टीलका उत्पादन आयातमा झन्डै दोब्बरले वृद्धि भएको छ। ६ महिना अवधिमा मात्रै १ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। नेपालले आयात गर्ने प्रमुख वस्तुहरुमा पेट्रोलियम पदार्थ पहिलो नम्बरमा रहेको छ।

पेट्रोलियम पदार्थबाहेक नेपालले उच्च आयात गर्ने वस्तुहरुमा फलाम र फलामका उत्पादन ७८ अर्ब ६७ करोड, मेसिनरी सामान ५९ अर्ब २ करोड, ईलेक्ट्रिकल सामान ४२ अर्ब ९४ करोड रुपैयाँ र सवारी साधन ५० अर्ब २२ करोड रुपैयाँ बराबरको आयात भएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भारतबाट यातायातका साधनहरु, मेसिनरी तथा पाटपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ। चीनबाट हुने आयातमा भने दुरसञ्चारका सामग्रीहरु, विद्युतीय उपकरणहरू, मेसिनरी तथा पार्टपुर्जा, स्याउ तथा रासायनिक मलजस्ता वस्तुहरु प्रमुख रहेका छन्। युएईबाट भने सुन, चाँदी, प्लाष्टिकको कच्चापदार्थ, लुब्रिकेटिङ तेल र चकलेट जस्ता वस्तुहरू ठुलो मात्रामा आयात भएको देखिन्छ।

यस अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादनहरु मुख्य छन्। 

त्यस्तै हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेस्ट, अलैंची, चिया, अदुवा, नेपाली हाते कागज, छाला, पस्मिना सल, जडिबुटी आदि वस्तुहरुको पनि निर्यात भएको छ। 

विगत ६ वर्षदेखि वैदेशिक व्यापार र व्यापार घाटाको स्थिति

प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  १७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्