तुलसीपुर- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र देशैभर विद्युत विस्तार हुने बताएका छन्।
रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नेपालको पानी र जनताको लगानीलाई सार्थक तुल्याउने काम भइरहेको उल्लेख गरे। 'विभिन्न स्थानमा विद्युत उत्पादनको काम भइरहेको छ, अबको पाँच वर्षमा जनताले मागेजति विद्युत उपलब्ध गराउनेतर्फ सरकार लागेको छ,' मन्त्री पुनले भने।
तुलसीपुर उपमहानगरपालिकासँग विद्युत विस्तारका लागि साझेदारी कार्यक्रम गर्नेबारे कुरा भएको भन्दै उनले अब दाङका २२ वटै नाकामा विद्युत पुर्याइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।