काठमाडौं- चालु आव २०७५/०७६को पहिलो ६ महिनामा विदेशी मुद्राको सञ्चित घटेको देखिएको छ। गत आव २०७४/०७५ को सोही अवधिका तुलनामा यस वर्षको विदेशी मुद्रा सञ्चितिमा गिरावट आएको नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
२०७५ असार मसान्तमा कुल विदेशी मुद्राको सञ्चिति ११ खर्ब ०२ अर्ब ५९ करोड रहेकोमा २०७५ पुसमसान्तमा आइपुग्दा घटेर १० खर्ब ५८ अर्ब २० करोड हुन आएको छ।
कुल विदेशी मुद्रा सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा ९ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा २०७५ पुस मसान्तमा ९ खर्ब १९ अर्ब ५७ करोड मात्र हुन पुगको छ।
बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी मुद्रा सञ्चिति २०७५ असार मसान्तमा १ खर्ब १३ अर्ब १९ करोड रहेको थियो। तर २०७५ पुस मसान्तमा १ खर्ब ३८ अर्ब ६३ करोड पुगेको छ। २०७५ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ।
२०७४ साउन १ मा १० खर्ब ७९ अर्ब ४३ करोड रहेको कुल विदेशी मुद्रा सञ्चिति २०७४ पुस मसान्तमा १.१ प्रतिशतले कमी हुँदै १० खर्ब ६७अर्ब ३४ करोडमा पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।