विराटनगर –विराटनगर घाेषणापत्र जारी गर्दै अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन समापन भएको छ
सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर्न सङ्घीय सरकारसँग माग गरेका छन्।
कोशी प्रदेशको विराटनगरमा असोज २७ र २८ गते सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ ले ‘कोशी घोषणा–२०८३’ जारी गर्दै यस्तो माग अघि सारेको हो।
सम्मेलनले सङ्घीय शासन प्रणालीलाई प्रभावकारी बनाउने, प्रदेशहरूबीच सहकार्य विस्तार गर्ने र साझा विकासका कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ। घोषणापत्रमा प्रदेश प्रहरी प्रशासन तथा शान्ति सुरक्षासम्बन्धी अधिकार कार्यान्वयनका लागि आवश्यक संरचना र जनशक्ति यथाशीघ्र हस्तान्तरण गर्न सङ्घीय सरकारको ध्यानाकर्षण गराइएको छ।
त्यस्तै, प्रशासनिक दोहोरोपना हटाउन प्रदेशको कार्यक्षेत्रसँग सम्बन्धित सङ्घीय कार्यालय, भवन तथा सम्पत्ति प्रदेश वा स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्नेमा मुख्यमन्त्रीहरूले जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।