काठमाडौं- चालु आव २०७५/०७६ को ६ महिनामा राजस्व संकलनमा वृद्धि भएको छ। समीक्षा अवधिमा २४.२ प्रतिशतले राजस्व संकलन वृद्धि भई ४ खर्ब ११अर्ब ४३ करोड पुगेको नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा राजस्व संकलन १९.३ प्रतिशतले वृद्धि भएको थियो। गत वर्ष ६ महिनामा ३ खर्ब ३१ अर्ब २१ करोड संकलन भएको थियो।
अघिल्लो वर्षको ६ महिनामा ३५ अर्ब ४७ करोड घाटामा रहेको नगद प्रवाहमा आधारित सरकारको वित्तीय स्थिति यस वर्ष २०७५/७६को सोही अवधिमा ७९ अर्ब २२ करोडले बचत हुन पुगको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।