• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बेरुजु रकम बढ्दाे, महालेखा भन्छ- अझै बढ्ने खतरा छ

64x64
नेपाल लाइभ शुक्रबार, माघ २५, २०७५  १३:५१
1140x725

काठमाडौं - नीतिगत कमजोरीका कारण मुलुकमा बेरुजु रकम बढेसँगै आर्थिक सुशासनमा गम्भीर चुनौती थपिएको छ । सम्बन्धित निकायको ताकेता र सरोकार भएका निकायको सक्रियताकैबीच पनि बेरुजु घट्नुको साटो हरेक वर्ष बढ्नुले वित्तीय सुशासन र आर्थिक पारदर्शीता थप कमजोर बनेको छ। सरकारी कार्यालय, संवैधानिक अङ्ग तथा सङ्गठित निकाय, स्थानीय तह आदिमा बेरुजु बढ्दो देखिन्छ । 

महालेखा परीक्षकको ५५ औँ वार्षिक प्रतिवेदन–२०७४ ले ५ खर्ब ८ करोड बेरुजु औँल्याएको छ। प्रतिवेदनअनुसार गत आवमा तीन खर्ब ९६ करोड रुपैयाँ बेरुजु रहेकोमा यो वर्ष २६.२० प्रतिशतले वृद्धि भई पाँच खर्ब ८ करोड रुपैयाँ पुगेको छ। आव २०७३/७४ मा मात्रै १ खर्ब २० अर्ब बेरुजु थियो । प्रतिवेदनमा ४६ खर्ब ८७ अर्ब ९१ करोड रुपैयाँको लेखापरीक्षण भएको थियो। 
उक्त बेरुजु सरकारी कार्यालय, स्थानीय तह, सङ्गठित संस्था, समिति, अन्य संस्था र जिल्ला विकास समिति÷समन्वय समितिले उपयुक्त परिभाषाबमोजिम बेरुजु ठहरिने, असुल फछ्र्यौट गर्नुपर्ने तथा कारवाही गरी टुङ्गो लगाउनुपर्ने अद्यावधिक रकम हो। 
बढ्दो बेरुजुले आर्थिक प्रशासन सञ्चालनको कमिकमजोरी दर्शाउँछ। बेरुजु सम्बन्धमा कानुनी उल्झन, सार्वजनिक खरिद ऐन, निर्माण व्यवसायीको क्षमता र व्यवहार आदिले बेरुजु बढाएको मुख्यसचिव लोकदर्शन रेग्मीले बताए। ‘बेरुजुलाई शून्यमा राख्न र आर्थिक प्रशासनलाई चुस्त र पारदर्शी बनाउन तथा बेरुजुरहित आर्थिक प्रशासन कायम राख्न सबैको ध्यान जानुपर्ने खाँचो छ,’ उनले भने। 

आर्थिक कार्यविधि ऐन, २०५५ को दफा १४ मा महालेखापरीक्षकले तोकेको म्यादभित्र लेखा र आर्थिक विवरण दाखिला गर्नुपर्ने, तदअनुसार दाखिला नगर्ने जिम्मेवार व्यक्तिलाई जरिवाना र विभागीय कारबाहीसमेत गर्न सकिने व्यवस्था छ। सरकारी कार्यालय, त्रिभुवन विश्वविद्यालय, सङ्गठित संस्था, समिति तथा अन्य संस्थाले कानूनले तोकेको समयमा लेखा तथा आर्थिक विवरण दाखिला नगरेकाले लेखापरीक्षण बक्यौता रहेको प्रतिवेदनले औँल्याएको छ। 

बेरुजुको विषय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा प्रवेश गरेको छ। लेखा समितिको विहीबारको बैठकमा महालेखा परीक्षकको ५५औँ वार्षिक प्रतिवेदनले औँल्याएको बेरुजुबारे मन्त्रालय, संवैधानिक निकाय, आयोगका प्रमुखलाई बोलाएर बेरुजु फछ्र्यौट अवस्थाबारे जानकारी लिइएको थियो। 

बैठकमा सहभागी महालेखा परीक्षक टङ्कमणि शर्माले केही वर्षयता बेरुजु घट्नुको साटो बढ्दै गएकाले विकास निर्माणमा असर पुग्ने खतरा रहेको औल्याए। उनले बेरुजु फछ्र्यौटका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने सुझाव दिए। 

विभिन्न मन्त्रालयका लेखा उत्तरदायी व्यक्तिलाई बेरुजु फछ्र्यौट सम्बन्धमा दण्ड र सजायको व्यवस्था गर्न पनि महालेखा परीक्षक शर्माले सुझाएका थिए। सङ्घीय ढाँचाअनुसार बनेका स्थानीय तथा प्रदेश सरकारको आफ्नो छुट्टै लेखा परीक्षण गर्ने निकाय बनी नसकेको अवस्थामा बेरुजु अझै बढ्ने खतरा उनले औल्याए। 

बैठकमा सांसदहरूले हरेक वर्ष बेरुजुको अङ्क बढ्नुले देशको आर्थिक पारदर्शीता र सुशासन झनै खस्कँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए।
सांसदहरू अमनलाल मोदी, सूर्य पाठक, विरोध खतिवडा, राजेन्द्रकुमार केसी, धर्म्शिला चापागाईं, प्रेम आले लगायतले बेरुजु खर्च बढ्नुले मुलुकको आर्थिक सुशासनमा गम्भीर चुनौती खडा भएको भन्दै बेलैमा सचेत भएर बेरुजु फछ्र्यौटलाई प्रभावकारी बनाउन आग्रह गरे।

सांसदहरूको जिज्ञासामा मुख्यसचिव रेग्मीले नीतिगत समस्याका कारण बेरुजु खर्च बढेको भन्दै बेरुजु फछ््र्यौटलाई प्रभावकारी बनाइने प्रतिबद्धता दोहो¥याएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

कसको कति बेरुजु

विकासे मन्त्रालय र निकायमा बढी बेरुजु रकम देखिन्छ। सम्बन्धित निकायले लेखा समितिमा प्रस्तुत गरेको बेरुजु विवरणअनुरूप अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सङघीय मामिला तथा सामान्य प्रशासन, शिक्षालगायत मन्त्रालयमा बढी बेरुजु देखिन्छ । राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय मानवअधिकार आयोगमा कम बेरुजु छ । 

अर्थ मन्त्रालयको यकिन बेरुजु रकम प्रस्तुत नगरिए पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ३३ अर्ब ५५ करोड ९ लाख ४० हजार रुपैयाँ बेरुजु छ । मन्त्रालयको बढी बेरुजु पेश्कीतर्फ २२ अर्ब १ करोड ५९ रुपैयाँ छ । शिक्षा मन्त्रालयको २० अर्ब रुपैयाँ बेरुजु छ । सङ्घीय मामिला मन्त्रालयको १९ अर्ब ६२ करोड रुपैयाँ बेरुजु छ । यसमा साविक जिविसको १३ अर्ब रुपैयाँ बेरुजु देखिन्छ । 

यस्तै, रक्षा मन्त्रालयको ९ अर्ब, सहरी विकास मन्त्रालयको ५ अर्ब ५८ करोड, सिँचाइ मन्त्रालयको ५ अर्ब भन्दा बढी, गृहमन्त्रालयको ३ अर्ब ९० करोड ४१ लाख, कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ४ अर्ब ११ करोड ७ लाख ८५ हजार, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको रु ३ अर्ब ३५ करोड बेरुजु छ । 
त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको रु १ अर्ब ९० करोड, परराष्ट्र मन्त्रालयको रु १ अर्ब ३२ करोेड ३४ लाख, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको रु ४१ करोड ५१ लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रु ३६ करोड ६८ लाख, युवा तथा खेलकूद मन्त्रालयको रु ७ करोड र महान्यायाधिवक्ताको कार्यालयको रु ४७ करोड ३६ लाख १ हजार बेरुजु रहेको छ । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बेरुजु शून्य निकाय 

राष्ट्रपति कार्यालय र महालेखापरीक्षकको कार्यालय बेरुजुविहीन छन् भने उपराष्ट्रपति कार्यालयको जम्मा  ६७ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवदेनमा उल्लेख छ । लोकसेवा आयोगको ५५ लाख र सतर्कता केन्द्रको ३० लाख रुपैयाँ मात्र बेरुजु छ। रासस 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५  १३:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्