काठमाडौं। संसदीय सुनुवाइ समितिले श्रीलङ्का, मलेसिया, जापान र साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूतहरूको संसदीय सुनुवाइ गर्ने भएको छ।
समितिको बैठक बुधबार बिहान ८ः३० बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने तय भएको छ।
बैठकमा श्रीलङ्काका लागि प्रस्तावित डा. मंचला कुमारी झा, मलेसियाका लागि प्रस्तावित चुडामणि खरेल, जापानका लागि प्रस्तावित जीज्ञान कुमार थापा र साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारलाई समितिसमक्ष उपस्थित गराई सुनुवाइ गर्ने कार्यसूची छ।
त्यसैगरी, विभिन्न १३ मित्रराष्ट्रका लागि नेपाली राजदूतमा नियुक्त गर्न प्रस्तावित व्यक्तिहरूको योग्यतासम्बन्धी मूल्याङ्कन गरी नियुक्तिका लागि उपयुक्त वा अनुपयुक्त रहेको निर्णय गर्ने र सम्बन्धित निकायमा सिफारिस गर्ने कार्यसूची पनि बैठकमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।