काठमाडाैं - सुनको मुल्य प्रतितोला ६२ हजार नाघेको छ। ग्राहकले शुक्रबार एक तोल सुन खरिदका लागि ६२ हजार १ सय रुपैयाँ तिर्नु पर्ने भएको छ।
बिहीबार प्रतितोलमा ६२ हजार रुपैयाँ कायम भएको सुन शुक्रबार पुनः एक सय रुपैयाँले बढेर ६२ हजार १ सय रुपैयाँ पुगेको हो। बुधबार प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ६१ हजार ८ सय रुपैयाँ कायम छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको छ। चाँदीको भाउ भने स्थीर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।