काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले कार्यदललाई भोलि नै प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।
सोमबार बसेको पार्टीको सचिवालय बैठकले अहिलेसम्मको कार्यप्रगतिको विवरण सहित प्रतिवेदन बुझाउन सचिवालयलाई निर्देशन दिएको हो।
'पार्टीले सांगठनिक एकीकरणको कार्यभार पूरा गर्ने उद्देश्यका निम्ति गृहकार्य गरी सुझाब प्रतिवेदन पेस गर्न स्थायी समितिले कार्यदल बनाएको थियो', बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'त्यो कार्यदललाई आजको सचिवालयको बैठकले भोलि नै आफ्नो अहिलेसम्मको कार्यप्रगतिको विवरणसहित प्रतिवेदन सचिवालयलाई बुझाउन निर्देशन दिएको छ।'
कार्यदलले प्रतिवेदन सचिवालयलाई बुझाइसकेपछि त्यसबारेमा आवश्यक निर्णय सचिवालयले लिने र स्थायी समिति बैठकमा बुझाउने श्रेष्ठले बताए।
अघिल्लो महिना बसेको पार्टीको स्थायी समिति बैठकले ९ सदस्यीय कार्यदल गठन गरेको थियो। १० दिनमा प्रतिवेदन बुझाउन भनिए पनि कार्यदलले प्रतिवेदन तयार गर्न सकेको छैन।
सम्बन्धित समाचारहरुः
कार्यदल बनाएर विवाद समाधान गर्नुपर्ने प्रचण्डको प्रस्ताव
नेकपा : कार्यदलले निकाल्ला निकास?
नेकपा कार्यदल : दिइएको समय ‘फासफुस’, विवाद ज्यूँका त्यूँ
किन अलमलियो नेकपा कार्यदल?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।