काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता भएको छ ।
भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भारतस्थित नेपाली दूतावासले जनाएको छ ।
बैठक द्विपक्षीय सुरक्षा सहयोग सुदृढीकरण, सीमा व्यवस्थापनको विषयमा छलफल भएको बताइएको छ ।
अन्तरदेशीय अपराध विरुद्ध लड्ने र विपद् तयारी र प्रतिक्रिया बढाउने विषयमा दुवै जनाबिच कुराकानी भएको बताएको छ । सार्वभौम समानता, पारस्परिक सम्मान र विश्वासद्वारा निर्देशित दुवै देशका जनताको पारस्परिक हितका लागि व्यावहारिक सहयोग अगाडि बढाउने कुरामा मन्त्री गुरुङले जोड दिएको बताइएको छ ।
मन्त्री गुरुङले नेपालमा हालै आएको बाढी र पहिरोपछि भारतले गरेको समयमै सहयोगको लागि भारत सरकारलाई धन्यवाद दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।