• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २०, २०८२ Sat, Dec 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा : कार्यदलले निकाल्ला निकास?

64x64
किशोर दहाल शनिबार, पुस १४, २०७५  १८:०९
1140x725

काठमाडौं– सांगठनिक एकताको विषय नेकपाभित्र पेचिलो बन्दै आएको छ। जेठ ३ को पार्टी एकता घोषणा कार्यक्रममा आगामी ३ महिनाभित्र आधारभूत तहको पार्टी एकता गरिसक्ने नेताहरुले बताएका थिए। तोकिएको समयमा एकता प्रक्रिया पूरा गर्न सकिएन नै, प्रदेश कमिटी गठन जसरी गरियो, त्यसले पार्टीभित्र विवाद निम्त्यायो। मापदण्ड मिचेर जिम्मेवारी दिइएको तथा गुटलाई संरक्षण गरिएको आरोप लाग्यो।

कसैलाई काखा र कसैलाई पाखा गरिएको विषयमा भर्खरै सकिएको स्थायी समिति बैठकमा केही नेताले निकै चर्कोसँग कुरा राखे। माधव नेपाल पक्षका भनेर चिनिएका नेताहरुले शीर्ष नेतृत्वबाटै गुटबन्दी संस्थागत गरिएको बताए।

योगेश भट्टराईले नेतृत्वले पक्षधरता देखाएकै कारण एकता प्रक्रिया ढिला भएको आरोप लगाए। उनले कसैलाई जिम्मेवारीको खात लगाइएको तर कसैलाई भने छिँडीमुनिको बास गराइएको बताए। भट्टराईले स्थायी समितिमा नेताहरुको छनौट चल्ने व्यवस्था हुन्थ्यो भने आफू सो समितिमा पर्दिनथें भनेर पार्टीभित्रको विभेदको आयामलाई प्रष्ट पार्ने कोसिस गरे।

अर्का नेता घनश्याम भुसालले त खकार, रगत र वीर्य परीक्षण गरेर गुट छुट्याउने काम भइरहेको भन्दै नेकपाको गुट राजनीतिको गहिराई खोतले।

अरु नेताले पनि पार्टी नेतृत्वको कमजोरीको आलोचना गरे। कसैले राणाहरुको झै वर्ग छुट्याउने काम भएको भनेर आपत्ति व्यक्त भए, कसैले पार्टीमा न्याय मर्दै गएको भन्दै चिन्ता व्यक्त गरे।

अघोषित रुपमा गुटगुटको जुहारी चलिरहेकै थियो। गुटबन्दीको आरोप र प्रत्यारोप चर्को भएको एउटा उदाहरण महासचिव विष्णु पौडेलको लिखित सुझाबले पनि संकेत गर्छ। उनले त्यसमार्फत अध्यक्षद्वयको बचाउ गर्न खोजेका छन्। 'गुटबन्दीको विरोधका नाममा गरिने यस प्रकारको गुटबन्दीलाई रोक्नैपर्छ', पौडेलले लेखेका छन्, 'पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्नैपर्छ।'

पौडेलले भुसालको पनि प्रतिवाद प्रतिवाद गरेका छन्। लेखेका छन्– 'कमरेडहरुले रगत, खकार र कुन्नि केके… (शब्दमा भन्न नसकिने) चिजहरुको पनि परीक्षण गर्नुहुन्छ रे! कहाँ त कमरेडहरुको त्यस्तो प्रयोगशाला?'

प्रचण्ड प्रस्ताव
आरोप प्रत्यारोपका बीच बुधबार प्रचण्डले सम्बोधन गरे। उनले पार्टीका सबै जिल्ला संगठन तथा जनवर्गीय संगठनको एकीकरण टुंग्याउनका लागि कार्यदलको प्रस्ताव गरे। त्यसअघि बहसमै नआएको यो विषयले नेकपाभित्र विवाद मोचनको अस्त्रको रुपमा अस्तित्वमा आएको छ। शुक्रबार जारी बैठक अन्त्य हुँदै गर्दा स्थायी समिति सदस्य सहितको एउटा कार्यदल पनि गठन भयो। नौ सदस्यीय कार्यदलमा विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र वेदुराम भुसाल सदस्य रहेका छन्।

Ncell 2
Ncell 2

पक्षधरताका हिसाबले कार्यदलमा नेकपाभित्रका मुख्य तीन पक्षका तीनतीन जना नेताहरु समावेश छन्। पौडेल, पोखरेल पहिल्यैदेखि ओली पक्षका थिए भने महासेठ पनि पछिल्लो समय ओली निकट भएका छन्।  बादल, पुन र भट्ट प्रचण्ड पक्षका हुन् भने बाँकी माधव नेपाल पक्षका। 

प्रचण्डको प्रस्तावले नेकपामा देखिएको अन्योल र आशंकाले निकासको एउटा नयाँ बाटो पहिल्याएको छ। अब कार्यदलले एकीकरण प्रक्रियालाई कसरी सहजीकरण गर्छ भन्ने मात्रै प्रतीक्षाको विषय हो।

कार्यदललाई कार्यादेश
एकताको पाँच महिनापछि प्रदेश कमिटी टुंगो लागे पनि त्यसभन्दा तलका कमिटीहरु टुंगो लागेका छैनन्। जनवर्गीय संगठनहरुको पनि एकता हुन सकेको छैन। पोलिटब्युरो पनि गठन भएको छैन। अन्य कतिपय केन्द्रीय निकायहरु पनि बनेका छैनन्। केन्द्रीय सदस्यहरुको कार्यविभाजन हुन सकेको छैन। विधानका बारेमा पनि प्रश्न उठेका छन्। कार्यादललाई आगामी एकीकरण प्रक्रियामा सहजता ल्याउन सक्ने प्रतिवेदन तयार गर्नुपर्ने दायित्व छ।

'कार्यदलले अहिलेसम्म भएका निर्णयहरुको पनि पुनरावलोकन गर्छ। प्रदेश कमिटीहरुमा जुन मनोनयन भएको छ र जहाँबाट असन्तुष्टिहरु आएका छन्, त्यसलाई पनि हेर्छ', कार्यदलका एक सदस्य योगेश भट्टराई भन्छन्, 'जिल्ला कमिटीदेखि जनवर्गीय संगठनको एकीकरणको लागि स्पष्ट मापदण्ड बनाएर पेश गर्छौं।'

कार्यदललाई पहिलेको निर्णयको पुनरावलोकन गर्ने र अबको एकीकरणका लागि मापदण्ड बनाउने कार्यादेश छ। ८/१० दिनभित्रै प्रतिवेदन बुझाउन भनिएको भट्टराईले जानकारी दिए। प्रतिवेदन पेश भएपछि स्थायी समिति बैठकबाट त्यो पारित हुने छ।

'अब हामी बैठक बस्छौं। छलफल गर्छौं। हामीले काम गर्नुपर्ने ठाउँ कुनकुन हो, त्यसको पहिचान गर्छौं', कार्यदलका अर्का सदस्य सुरेन्द्र पाण्डे भन्छन्, 'प्रदेशको सन्दर्भमा कुनै कुरा मिलाउनुपर्ने हो भने मिलाउँछौं। जिल्ला र तलका कमिटि, जनवर्गीय संगठन, केन्द्रीय कमिटीको कार्यविभाजन लगायतका प्रत्येक विषयमा छलफल गरेर टुंगो लिँदै जान्छौं।'

निस्केला निकास?
यसअघि प्रदेश कमिटीको टुंगो लगाउँदा सचिवालय आफैंले सम्पूर्ण निर्णय गर्‍यो। सचिवालयमै पनि एकमत भएको होइन। माधव नेपालले आफ्नो अनुपस्थिति र मापदण्ड विपरित प्रदेशको पदाधिकारी चयन गरिएको भन्दै असन्तुष्टि जनाए। उक्त निर्णयमा माधव नेपालको अहसमति अहिले पनि कायमै छ। सांगठनिक एकतामा जटिलताको सुरुवात नै अहसमतिका बीच एक पक्ष अघि बढिरहेको हुनाले निम्तिएको थियो। त्यसमाथि मापदण्ड मिचिएको भनेर स्थायी समितिमै अध्यक्षद्वयको आलोचना भयो।

यसपटक भने स्थायी समितिबाटै र स्थायी समिति सदस्यहरुबाटै कार्यदल गठन गरेर समस्या समाधानको फराकिलो प्रयासको खोजी गरिएको छ। सचिवालयले आफूले मात्रै निर्णय गरेर नहुँदो रहेछ, अधिक अधिकार प्रयोगले मात्रै सहज निकास निकाल्नुभन्दा फराकिलो आयामबाट समाधानको प्रयास गर्नुपर्ने महसुस गरेको कार्यदलको गठनले संकेत गर्छ।

त्यसैले कार्यादलमा कसरी छलफल हुन्छ भन्ने कुरा नै यो कति सदस्या सल्टाउने पक्षमा रहन्छ भन्ने पुष्टि हुन्छ। अहिलेसम्मको एकीकरण प्रक्रियामा देखिएको समस्या निवारणका लागि कार्यदल एउटा नयाँ बाटो मात्रै भएकोले यसले नै निकासको उपाय खोज्न सक्ने वा नसक्ने अहिले भन्न नसकिने बताउछन्, अर्का सदस्य वेदुराम भुसाल। 'अन्योलबाट अगाडि बढ्ने एउटा बाटो त हो', भुसाल  भन्छन्, 'हामीले कार्यदलभित्र रहेर कसरी छलफल गर्छौं, त्यहाँको छलफल कति सहजताको साथ अघि बढ्छौं भन्ने कुराले समाधान कस्तो निस्किन्छ भन्ने निर्धारण गर्छ।'

भट्टराईले अबको एकीकरण प्रक्रिया पारदर्शी हुने दाबी गरे। 'पार्टी एकीकरणको कामलाई सहज बनाउँछ। अब हुने एकता देशभर नै एउटै ढाँचा र मापदण्डमा हुन्छ। यसपछि मन परेको आधारमा व्यक्ति छनौट गर्ने अथवा हटाउने प्रचलन अन्त्य गर्छ। जिम्मेवारी पाउने आधार मापदण्ड र प्रणालीलाई बनाउँछ', उनी भन्छन्, 'कार्यदलले दिएको प्रतिवेदनपछि हुने एकता प्रक्रिया पनि पारदर्शी हुन्छ। त्यसपछि मापदण्डको आधारमा हुने एकीकरणप्रति सबैले चित्त बुझाउने आधार बन्छ।'

प्रश्न फेरि पनि त्यही नै हो, अहिलेसम्मको अन्योल र समस्यालाई कार्यदलको प्रतिवेदनले निकास निकाल्न सक्ला त?

'हाम्रो कोसिस त्यही नै हुन्छ', पाण्डे भन्छन्, 'त्यही विश्वासले नै कार्यदल गठन भएको हो। सकेसम्म यसले सबै कुरा टुंग्याएर स्थायी कमिटीमा प्रतिवेदन पेश गर्छ।'

कार्यादलमा नरहेका तर स्थायी समितिमा सक्रियतापूर्वक आफ्नो मत राखेका अर्का नेता घनश्याम भुसाल पनि कार्यादलले ल्याउने प्रतिवदेन राम्रो हुने आफूलाई विश्वास रहेको बताउँछन्। उनले त स्थायी समितिले शुक्रबार गरेको निर्णयमा सबै इमानदार हुने हो भने पार्टी एक चरण अगाडि बढ्न दाबी समेत गरे। शुक्रबार बैठकपछि सञ्चारकर्मीहरुसँग उनले भनेका थिए– 'संगठनको हिसाबले पार्टी एकतापछि धेरै राम्रो र असाध्यै महत्त्वपूर्ण काम भएको छ। यसबीचमा सचिवालयले गर्न नसकेका, नचाहेका, थाती राखेकाका कामहरुका कारण पार्टीले मूल्य चुकाउनुपर्‍यो, जसका कारण स्थायी समितिले यो निर्णय लिनुपर्‍यो।'

प्रकाशित मिति: शनिबार, पुस १४, २०७५  १८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्