• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा : कार्यदलले निकाल्ला निकास?

64x64
किशोर दहाल शनिबार, पुस १४, २०७५  १८:०९
1140x725

काठमाडौं– सांगठनिक एकताको विषय नेकपाभित्र पेचिलो बन्दै आएको छ। जेठ ३ को पार्टी एकता घोषणा कार्यक्रममा आगामी ३ महिनाभित्र आधारभूत तहको पार्टी एकता गरिसक्ने नेताहरुले बताएका थिए। तोकिएको समयमा एकता प्रक्रिया पूरा गर्न सकिएन नै, प्रदेश कमिटी गठन जसरी गरियो, त्यसले पार्टीभित्र विवाद निम्त्यायो। मापदण्ड मिचेर जिम्मेवारी दिइएको तथा गुटलाई संरक्षण गरिएको आरोप लाग्यो।

कसैलाई काखा र कसैलाई पाखा गरिएको विषयमा भर्खरै सकिएको स्थायी समिति बैठकमा केही नेताले निकै चर्कोसँग कुरा राखे। माधव नेपाल पक्षका भनेर चिनिएका नेताहरुले शीर्ष नेतृत्वबाटै गुटबन्दी संस्थागत गरिएको बताए।

योगेश भट्टराईले नेतृत्वले पक्षधरता देखाएकै कारण एकता प्रक्रिया ढिला भएको आरोप लगाए। उनले कसैलाई जिम्मेवारीको खात लगाइएको तर कसैलाई भने छिँडीमुनिको बास गराइएको बताए। भट्टराईले स्थायी समितिमा नेताहरुको छनौट चल्ने व्यवस्था हुन्थ्यो भने आफू सो समितिमा पर्दिनथें भनेर पार्टीभित्रको विभेदको आयामलाई प्रष्ट पार्ने कोसिस गरे।

अर्का नेता घनश्याम भुसालले त खकार, रगत र वीर्य परीक्षण गरेर गुट छुट्याउने काम भइरहेको भन्दै नेकपाको गुट राजनीतिको गहिराई खोतले।

अरु नेताले पनि पार्टी नेतृत्वको कमजोरीको आलोचना गरे। कसैले राणाहरुको झै वर्ग छुट्याउने काम भएको भनेर आपत्ति व्यक्त भए, कसैले पार्टीमा न्याय मर्दै गएको भन्दै चिन्ता व्यक्त गरे।

अघोषित रुपमा गुटगुटको जुहारी चलिरहेकै थियो। गुटबन्दीको आरोप र प्रत्यारोप चर्को भएको एउटा उदाहरण महासचिव विष्णु पौडेलको लिखित सुझाबले पनि संकेत गर्छ। उनले त्यसमार्फत अध्यक्षद्वयको बचाउ गर्न खोजेका छन्। 'गुटबन्दीको विरोधका नाममा गरिने यस प्रकारको गुटबन्दीलाई रोक्नैपर्छ', पौडेलले लेखेका छन्, 'पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्नैपर्छ।'

पौडेलले भुसालको पनि प्रतिवाद प्रतिवाद गरेका छन्। लेखेका छन्– 'कमरेडहरुले रगत, खकार र कुन्नि केके… (शब्दमा भन्न नसकिने) चिजहरुको पनि परीक्षण गर्नुहुन्छ रे! कहाँ त कमरेडहरुको त्यस्तो प्रयोगशाला?'

प्रचण्ड प्रस्ताव
आरोप प्रत्यारोपका बीच बुधबार प्रचण्डले सम्बोधन गरे। उनले पार्टीका सबै जिल्ला संगठन तथा जनवर्गीय संगठनको एकीकरण टुंग्याउनका लागि कार्यदलको प्रस्ताव गरे। त्यसअघि बहसमै नआएको यो विषयले नेकपाभित्र विवाद मोचनको अस्त्रको रुपमा अस्तित्वमा आएको छ। शुक्रबार जारी बैठक अन्त्य हुँदै गर्दा स्थायी समिति सदस्य सहितको एउटा कार्यदल पनि गठन भयो। नौ सदस्यीय कार्यदलमा विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र वेदुराम भुसाल सदस्य रहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

पक्षधरताका हिसाबले कार्यदलमा नेकपाभित्रका मुख्य तीन पक्षका तीनतीन जना नेताहरु समावेश छन्। पौडेल, पोखरेल पहिल्यैदेखि ओली पक्षका थिए भने महासेठ पनि पछिल्लो समय ओली निकट भएका छन्।  बादल, पुन र भट्ट प्रचण्ड पक्षका हुन् भने बाँकी माधव नेपाल पक्षका। 

प्रचण्डको प्रस्तावले नेकपामा देखिएको अन्योल र आशंकाले निकासको एउटा नयाँ बाटो पहिल्याएको छ। अब कार्यदलले एकीकरण प्रक्रियालाई कसरी सहजीकरण गर्छ भन्ने मात्रै प्रतीक्षाको विषय हो।

कार्यदललाई कार्यादेश
एकताको पाँच महिनापछि प्रदेश कमिटी टुंगो लागे पनि त्यसभन्दा तलका कमिटीहरु टुंगो लागेका छैनन्। जनवर्गीय संगठनहरुको पनि एकता हुन सकेको छैन। पोलिटब्युरो पनि गठन भएको छैन। अन्य कतिपय केन्द्रीय निकायहरु पनि बनेका छैनन्। केन्द्रीय सदस्यहरुको कार्यविभाजन हुन सकेको छैन। विधानका बारेमा पनि प्रश्न उठेका छन्। कार्यादललाई आगामी एकीकरण प्रक्रियामा सहजता ल्याउन सक्ने प्रतिवेदन तयार गर्नुपर्ने दायित्व छ।

'कार्यदलले अहिलेसम्म भएका निर्णयहरुको पनि पुनरावलोकन गर्छ। प्रदेश कमिटीहरुमा जुन मनोनयन भएको छ र जहाँबाट असन्तुष्टिहरु आएका छन्, त्यसलाई पनि हेर्छ', कार्यदलका एक सदस्य योगेश भट्टराई भन्छन्, 'जिल्ला कमिटीदेखि जनवर्गीय संगठनको एकीकरणको लागि स्पष्ट मापदण्ड बनाएर पेश गर्छौं।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कार्यदललाई पहिलेको निर्णयको पुनरावलोकन गर्ने र अबको एकीकरणका लागि मापदण्ड बनाउने कार्यादेश छ। ८/१० दिनभित्रै प्रतिवेदन बुझाउन भनिएको भट्टराईले जानकारी दिए। प्रतिवेदन पेश भएपछि स्थायी समिति बैठकबाट त्यो पारित हुने छ।

'अब हामी बैठक बस्छौं। छलफल गर्छौं। हामीले काम गर्नुपर्ने ठाउँ कुनकुन हो, त्यसको पहिचान गर्छौं', कार्यदलका अर्का सदस्य सुरेन्द्र पाण्डे भन्छन्, 'प्रदेशको सन्दर्भमा कुनै कुरा मिलाउनुपर्ने हो भने मिलाउँछौं। जिल्ला र तलका कमिटि, जनवर्गीय संगठन, केन्द्रीय कमिटीको कार्यविभाजन लगायतका प्रत्येक विषयमा छलफल गरेर टुंगो लिँदै जान्छौं।'

निस्केला निकास?
यसअघि प्रदेश कमिटीको टुंगो लगाउँदा सचिवालय आफैंले सम्पूर्ण निर्णय गर्‍यो। सचिवालयमै पनि एकमत भएको होइन। माधव नेपालले आफ्नो अनुपस्थिति र मापदण्ड विपरित प्रदेशको पदाधिकारी चयन गरिएको भन्दै असन्तुष्टि जनाए। उक्त निर्णयमा माधव नेपालको अहसमति अहिले पनि कायमै छ। सांगठनिक एकतामा जटिलताको सुरुवात नै अहसमतिका बीच एक पक्ष अघि बढिरहेको हुनाले निम्तिएको थियो। त्यसमाथि मापदण्ड मिचिएको भनेर स्थायी समितिमै अध्यक्षद्वयको आलोचना भयो।

यसपटक भने स्थायी समितिबाटै र स्थायी समिति सदस्यहरुबाटै कार्यदल गठन गरेर समस्या समाधानको फराकिलो प्रयासको खोजी गरिएको छ। सचिवालयले आफूले मात्रै निर्णय गरेर नहुँदो रहेछ, अधिक अधिकार प्रयोगले मात्रै सहज निकास निकाल्नुभन्दा फराकिलो आयामबाट समाधानको प्रयास गर्नुपर्ने महसुस गरेको कार्यदलको गठनले संकेत गर्छ।

त्यसैले कार्यादलमा कसरी छलफल हुन्छ भन्ने कुरा नै यो कति सदस्या सल्टाउने पक्षमा रहन्छ भन्ने पुष्टि हुन्छ। अहिलेसम्मको एकीकरण प्रक्रियामा देखिएको समस्या निवारणका लागि कार्यदल एउटा नयाँ बाटो मात्रै भएकोले यसले नै निकासको उपाय खोज्न सक्ने वा नसक्ने अहिले भन्न नसकिने बताउछन्, अर्का सदस्य वेदुराम भुसाल। 'अन्योलबाट अगाडि बढ्ने एउटा बाटो त हो', भुसाल  भन्छन्, 'हामीले कार्यदलभित्र रहेर कसरी छलफल गर्छौं, त्यहाँको छलफल कति सहजताको साथ अघि बढ्छौं भन्ने कुराले समाधान कस्तो निस्किन्छ भन्ने निर्धारण गर्छ।'

भट्टराईले अबको एकीकरण प्रक्रिया पारदर्शी हुने दाबी गरे। 'पार्टी एकीकरणको कामलाई सहज बनाउँछ। अब हुने एकता देशभर नै एउटै ढाँचा र मापदण्डमा हुन्छ। यसपछि मन परेको आधारमा व्यक्ति छनौट गर्ने अथवा हटाउने प्रचलन अन्त्य गर्छ। जिम्मेवारी पाउने आधार मापदण्ड र प्रणालीलाई बनाउँछ', उनी भन्छन्, 'कार्यदलले दिएको प्रतिवेदनपछि हुने एकता प्रक्रिया पनि पारदर्शी हुन्छ। त्यसपछि मापदण्डको आधारमा हुने एकीकरणप्रति सबैले चित्त बुझाउने आधार बन्छ।'

प्रश्न फेरि पनि त्यही नै हो, अहिलेसम्मको अन्योल र समस्यालाई कार्यदलको प्रतिवेदनले निकास निकाल्न सक्ला त?

'हाम्रो कोसिस त्यही नै हुन्छ', पाण्डे भन्छन्, 'त्यही विश्वासले नै कार्यदल गठन भएको हो। सकेसम्म यसले सबै कुरा टुंग्याएर स्थायी कमिटीमा प्रतिवेदन पेश गर्छ।'

कार्यादलमा नरहेका तर स्थायी समितिमा सक्रियतापूर्वक आफ्नो मत राखेका अर्का नेता घनश्याम भुसाल पनि कार्यादलले ल्याउने प्रतिवदेन राम्रो हुने आफूलाई विश्वास रहेको बताउँछन्। उनले त स्थायी समितिले शुक्रबार गरेको निर्णयमा सबै इमानदार हुने हो भने पार्टी एक चरण अगाडि बढ्न दाबी समेत गरे। शुक्रबार बैठकपछि सञ्चारकर्मीहरुसँग उनले भनेका थिए– 'संगठनको हिसाबले पार्टी एकतापछि धेरै राम्रो र असाध्यै महत्त्वपूर्ण काम भएको छ। यसबीचमा सचिवालयले गर्न नसकेका, नचाहेका, थाती राखेकाका कामहरुका कारण पार्टीले मूल्य चुकाउनुपर्‍यो, जसका कारण स्थायी समितिले यो निर्णय लिनुपर्‍यो।'

प्रकाशित मिति: शनिबार, पुस १४, २०७५  १८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्