• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा कार्यदल : दिइएको समय ‘फासफुस’, विवाद ज्यूँका त्यूँ

64x64
नेपाल लाइभ बिहीबार, माघ ३, २०७५  ११:०६
1140x725

काठमाडौं– पुस महिनामा दिन छोटो र रात लामो हुने तथा दिनहरु चाँडै कट्ने अर्थमा चोटिलो पारामा भनिने नेपाली उखान छ–पुस फासफुस।

पुुुसमै सम्पन्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले पुसभित्रै सक्नेगरी पार्टी संगठनात्मक एकताको मोडालिटी तयार पार्न एउटा कार्यदल बनायो। तर, कार्यदलको काम उखानजस्तै ‘फासफुस’ हुनपुग्यो।

पुस १३ मा सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले तल्ला र प्रदेश कमिटी गठनको विवाद, विधानमा देखिएका विवाद लगायतको विषयमा छलफल गरी प्रस्ताव पेस गर्न ९ सदस्यीय कार्यदल बनाएको थियो।

कार्यदलमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, रघुविर महासेठ, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टाराई, सुरेन्द्र पाण्डे र वेदुराम भुसाल थिए।

पुुस मसान्तसम्म काम सक्नेगरी म्याण्डेट पाएको कार्यदल संयोजकको जिम्मा गृहमन्त्रीसमेत रहेका थापालाई दिइएको थियो। तर, समयसीमा भने गत सोमबार नै गुज्रिसकेको छ। अन्ततः दिइएको १७ दिनमा कार्यदलले के काम गर्‍यो त?

कार्यदल सदस्यहरुको जवाफ सुन्दा पुसको समय काम नै नभई फासफुस सकिएको प्रतित हुन्छ। कार्यलदका एक सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे भन्छन्, ‘चार/पाँच दिनदेखि बैठक बसेको छैन। सहमति नै केही भएको छैन, अध्यक्षलाई के प्रदिवेदन बुझाउनु?’

त्यसमाथि के–कति काम भयो र के–के बाँकी छन् भन्नेबारे कार्यलदका सदस्यहरु खुलेर बोल्न चाँहदैनन्। सबै काम नटुंग्याउँदासम्म बाहिर नबोल्ने सहमति कार्यलदमा भएकोले आफूहरु बोल्न नमिल्ने उनीहरु बताउँछन्।

यसबीचमा कार्यदलका अर्का सदस्य लेखराज भट्टका अनुसार संयोजक थापा र पार्टी महासचिवसमेत रहेका सदस्य विष्णु पौडेल अहिलेसम्म भएका काम र विवादबारे जानकारी दिन नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएका थिए। तर, सो भेटमा के–के भयो, आफूलाई थाहा नभएको भट्ट बताउँछन्। ‘उहाँहरु सहमति जुटेका विषयहरु लिएर अध्यक्ष ओलीलाई भेट्न जानुभएको थियो,’ उनले भने, ‘म तीन दिनदेखि बाहिर थिएँ, के भयो मलाई जानकारी भएन।’

Ncell 2
Ncell 2
nimb
nimb

स्रोतका अनुसार कार्यदलले प्रदेश कमिटीको विषयबाट काम थालेको थियो। प्रदेश कमिटिका विषयमै कार्यदल सदस्यहरुबीच विवाद भएपछि कार्यदल संयोजक थापा र सदस्य पौडेल अध्यक्ष ओलीलाई भेट्न गएका थिए। ओलीले प्रदेश कमिटिलाई अहिले नचलाउने इच्छा व्यक्त गरेपछि कार्यदलमा अहिले काम रोकिएको स्रोत बताउँछ।

प्रदेश पदाधिकारी चयनसम्बन्धी सचिवालयको निर्णयमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पहिलेदेखि असहमति राख्दै आएका छन्। नेता नेपाल र श्रेष्ठ विदेशमा रहेका बेला बसेको सचिवालय बैठकले सातै प्रदेशमा इञ्चार्ज र अध्यक्ष तोकेको थियो। सो निर्णयमा आफ्नो समूहका मान्छे नपरेपछि उनीहरु असन्तुष्ट रहँदै आएको बताइन्छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेश कमिटी इञ्चार्जसमेतको दोहोरो जिम्मेवारी दिइएको भन्दै त्यसप्रति पनि नेता नेपाल पक्षले असहमति जनाउँदै आएको छ।

के हुन्छ कार्यदलको भविष्य?

Xtrem

Xtrem

पार्टी एकता गर्दा नै नेकपाले तीन महिनाभित्र सबै तहको एकता गरिसक्ने लक्ष्य राखेको थियो। तोकिएको समयमा भने काम हुन सकेन। पछिल्लो पटक पुस मसान्तसम्म एकताको काम टुंग्याइसक्ने लक्ष्यसहित कार्यदललाई समय दिइएको थियो।

एउटा पनि विवाद नटुंग्याई कार्यदलको समय सकिएपछि अब के गर्ने भन्नेबारे अलमल बढेको छ। पछिल्लो चार/पाँच दिनदेखि कार्यदलको बैठक बस्न सकेको छैन। कार्यदलका सदस्यहरुबीच देखिएको अलमलका कारण नभई यो बीचमा माघी लगायतका पर्व परेकाले बैठक बस्न नसकेको नेताहरुले बताएका छन्।

कार्यदलका अर्का सदस्य योगेश भट्टराई भने पुस मसान्तसम्म काम गर्ने लक्ष्य राखिए पनि कार्यदलको  समय किटान नगरिएको बताउँछन्। उनी अब नियमित बैठक बसेर काम सिध्याउने पक्षमा छन्। ‘हामीहरु नियमित बैठक बस्न नपाएकाले काम नसकिएको हो,’ उनले भने, ‘अब नियमित बैठक बसेर एकीकरणको काम चाँडै सकाउँछौं।’

माघभित्र कार्यदलले सबै विवाद मिलाउने र फागुनमा एकीकरणको काम पनि सकिने दाबी उनको छ। ‘खासै विवाद केही छैन। बिस्तारै विवादका विषय पनि मिल्दै जान्छन्,’ भट्टराईले भने।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  ११:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग
सम्बन्धित सामग्री
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नवौँ अधिवेशन अन्त्य ग... शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएपछि मत गणना सुरु गरिएको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए। शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गरेका हुन् । शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्