काठमाडौं– कृषि विकास बैंकले लाभांश दिने भएको छ। बैंक सञ्चालक समितिको पुस २७ गते बसेको बैठकले चुक्ता पुँजीको १५ दशमलव ०५३ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ।
बैंकले प्रस्ताव गरेको नगद लाभांशमा नै कर पनि समावेश गरिएको बैंकले जनाएको छ। बैंकले गत आर्थिक वर्ष २०७४÷०७५ को नाफाबाट प्रस्ताव गरेको लाभांश लगानीकर्ताले भने नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।