जनकपुरधाम- नेपाल लाइभका जनकपुर संवाददाता अजय शाहलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। प्रेस युनियन धनुषाको नवौं अधिवेशनका अवसरमा शाहलाई सो पुरस्कारले सम्मानित गरिएको हो।
पत्रकार साह विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका छन्।
नेपाल प्रेस युनियन धनुषाको नवौँ अधिवेसनबाट आगामी ३ वर्षका लागि राजन सिंहको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरिएको छ।
सर्वसम्मत चुनिएको कार्यसमितिको उपाध्यक्षमा अकुल साह, महिला उपाध्यक्षमा विनीता ठाकुर र सचिवमा निरञ्जन साह रहेका छन्।
त्यसै गरी सह–सचिवमा मिनु झा, कोषाध्यक्षमा दिनेश साहसहित १३ सदस्यीय कमिटी गठन भएको हो।
केन्द्रीय पार्षद्मा अनिल कर्ण, माधव आचार्य, रामभरत साह, कमल साह, अजय कुमार झा, प्रफुल्ल राज घिमिरे, नवल किशोर शरण, रिंकु मिश्र गायत्री, देवता झा र मिनु झा चुनिएका छन्।
त्यस्तै प्रदेश पार्षदका लागि प्रवीण साह, अजय शाह, कैलाश दास, बब्लु चौधरी, कुशेस्वर उपाध्याय, विजय साह, हदीश खुद्दार, नवीन कुमार साह, शुष्मा कर्ण, एलिना सिंह, बिनिता ठाकुर, उत्तिम लाल कापडी, प्रभाष कर्ण र राम बाबु यादव चयन भएको छ।
नवनिर्वाचित पदाधिकारीको पहिलो बैठकले युनियनको आसन्न केन्द्रीय महाधिवेशनमा महासचिव पदका लागि अनिल कर्णलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।