काठमाडौं– मगर समुदायको प्रमुख राष्ट्रिय पर्व‘माघे संक्रान्ति’दुई दिन मनाउने भएको छ।
पुस ३० र माघ १ गते गरी दुई दिन टुंडिखेलमा मनाउन लागिएको हो। 'माघे संक्रान्ति'लाई मगर समुदायको नयाँ वर्षको सुरुवातका रुपमा लिने गरिन्छ।
'मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौँ’ भन्ने नारासहित नेपाल मगर संघ केन्द्रीय समितिले कार्यक्रमको आयोजना गरेको हो।
शुभकामना आदान प्रदान तथा मौलिक सांस्कृतिक प्रदर्शनी कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले बताएको छ।
कार्यक्रममा मगरहरूको मौलिक सांस्कृतिक प्रर्दशनी, मौलिक मगर खाना तथा पोशाकहरूको प्रर्दशनी गरिने बताइएको छ।
माघ १ गते मौलिक झाँकीसहित १० बजे भृकुटी मण्डपबाट र्याली सुरु हुने बताइएको छ। 'माघे सक्रांन्ती' चार्ड विशेष गरी चेलीकोे पर्वको रुपमा मनाइन्छ।
यसै दिनदेखि उभौली सुरु भई साउने संक्रान्तिमा समापन हुने र सोही दिनदेखि उद्यौली सुरु हुने प्रचलन छ।
घरको धूरी खाँबोको साथै छोरी चेलीहरूलाई पूजा गर्ने प्रचलन छ। चामलको सेतो टिका र फूल लगाई दक्षिणा र आर्शिवाद दिने चलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।