काठमाडौं– मलेसिया सरकारले विदेशी कामदार दुई महिनापछि मात्र लिने गरी प्रक्रिया मिलाइरहेको बताएको छ।
विदेशी कामदार लिने सम्बन्धी नीति तय गर्न मलेसिया सरकारले गठन गरेको कार्यदलले रोजगारीका लागि विदेशी कामदार लिन अझै दुई महिना लाग्ने मानव संशाधन राज्यमन्त्री महफुज ओमारले बताएका छन्।
राज्यमन्त्री ओमारले हाल रिपोर्टमाथि छलफलकै क्रममा रहेको भन्दै विदेशी कामदार सोही रिपोर्टका आधारमा लिन दुई महिना लाग्ने मलेसियाको अनलाइन 'द सन डेल्ली'ले उल्लेख गरेको छ।
अनलाइन 'द सन डेल्ली'काअनुसार कार्यदलले विदेशी कामदार लिने (विशेषगरी नेपाली) पूर्ण रिपोर्ट दुई महिनाभित्रमा सरकारलाई बुझाउने मन्त्रीको भनाइ छ।
मन्त्री ओमारले विदेशी कामदारका सम्बन्धमा कुनै पनि नीति सोही कार्यदलको सुझावअनुसार तय गरिने र त्यसपछि समस्या समाधान हुने बताएका छन्।
गत जेठ महिनामा नेपाल सरकारले मलेसिया जाने नेपाली श्रमिक धेरै आर्थिक ठगिमा परेको भन्दै सो पक्रिया संलग्न रहेका संस्थाहरूलाई अवैधानिक ठहर गर्दै बन्द गरिदिएको छ।
घटना पश्चात नेपाली कामदार मलेसिया जान पाएका छैनन्।
उक्त निर्णयपछि मलेसियामा कामदारको अभाव चर्किएको छ।
यसपछि नेपाल र मलेसियाबीच श्रम समझदारी भए पनि बाँकी प्रक्रिया नमिलेका कारण अझै पनि मलेसियाको रोजगारी खुलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।