काठमाडौं– कैलाश विकास बैंकको १७ प्रतिशत नगद लाभांश पारित भएको छ। बैंकको २५औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पारित गरेको हो।
बैंकले गत आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट १७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो। हाल बैंकको चुक्तापुँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ।
बैंकले ८० वटा शाखाबाट समस्त आधारभूत बैंकिङ्ग सेवा सञ्चालन गर्दै आएको जनाएको छ।
साथै बैंकले मोबाइल बैंकिङ, एसएमएस बैंकिङ्ग, इन्टरनेट बैंकिङ सेवा, सेयर लगानीकर्ताहरुको लागि सि–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।