काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई संशोधन गर्दै वर्तमान सरकारले वैदेशिक रोजगारीको क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीका क्षेत्रमा भएका प्रगतिबारेमा प्रष्ट पारेका थिए।
सरकारले शून्य लागतमा वैदेशिक रोजगारी सुनिश्चित गर्न मलेसिया सरकारसँग श्रम समझदारी गरिसकेको र कतार, युएई, ओमानसँग समेत सोही प्रकृतिको श्रम सम्झौताका लागि गृहकार्य भइरहेको बताएका छन्।
वैदेशिक रोजगारीका क्षेत्रमा रहेका अनियमिततालाई सरकारले नियन्त्रण गर्दै व्यवस्थित गरिरहेको उनले बताएका थिए। यो क्षेत्रका समस्यमा समाधान गर्नैका लागि पनि ऐन संशोधन गर्न लागिएको उनको भनाई थियो।
यसैगरी आन्तरिक श्रम बजार सुधारका क्षेत्रमा गरिएका प्रयत्नको समेत जानकारी प्रधानमन्त्रीले सदनलाई गराए।
वर्तमान सरकारले विदेशमा होइन, स्वदेशमा नै रोजगारीको चाहनालाई भरथेग गर्ने काम गरिएको उनको दाबी थियो।
अघिल्लो आर्थिक वर्षका तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४१ दशमलव २ प्रतिशत घटेको तर विप्रेषण(रेमिट्यान्स)बढेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।