काभ्रेपलाञ्चोक- प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रत्येक जिल्लामा चिस्यान केन्द्र निर्माण गरिने बताएका छन्।
पाँचखाल नगरपालिका–४ तामाघाटस्थित आर्थिक बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवन उद्घाटन एवं १२औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन्। 'प्रदेश ३ का प्रत्येक जिल्लाका कोल्ड स्टोरेज निर्माण गर्छौं, जसबाट कृषकले आफ्ना उत्पादन एवं बीउविजन सुरक्षित राख्न सक्नुहुन्छ।'
मुख्यमन्त्री पौडेलले चिस्यान केन्द्र निर्माणका लागि प्रत्येक जिल्लालाई ४ करोड बजेट विनियोजन गरिने बताए। प्रदेश सरकारले निर्माण गर्ने चिस्यान केन्द्रका लागि सहकारी साझेदारी बन्नसक्ने बताएका थिए। 'सहकारीको काम बचत र ऋण मात्रै हैन, एक अर्काबीच सहकार्य गर्ने पनि हो, चिस्यान केन्द्रमा साझेदारी बन्नुहोस्।'
प्रदेश सरकारले सहकारीको सहकार्यमा उद्योग पनि खोल्न सकिने उनले बताएका थिए। 'हामी उत्पादनमूलक क्षेत्रमा सहकारीसँग सहकार्य गर्न चाहान्छौँ, यसबाट सहकारी सदस्यको उत्पादनमुलक क्षमता बढ्छ, रोजगारीका अवसर पनि सिर्जिन्छन्', उनले भने।




मुख्यमन्त्री पौडेलले सरकार र सहकारी मिलेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणाले सार्थकता पाउने बताउँदै भने, 'सरकार–सहकारी तथा सहकारी–सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गरी आफैले बजार व्यवस्थापन गर्दा
सो अवसरमा प्रदेश सांसद्द्वय लक्ष्मण लम्साल र दीपक निरौलाले सहकारी क्षेत्रलाई राम्रो प्रकारले अघि बढाउन प्रदेशसभामा सहकारी ऐन निर्माणसम्बन्धी छलफल भइरहेको बताएका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष सरोज सापकोटाले करीब ८ हजार सदस्य रहेको सहकारीले हाल ३१ करोड २२ लाख १७ हजार कारोबार गरिरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।