जुम्ला- यहाँ झन्डै डेढ दशकपछि पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ।
पेट्रोलियम पदार्थको मूल्यमा एकरुपता नहुँदा यहाँका सवारीधनी मर्काका थिए। प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा शुक्रबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरेको हो।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पेट्रोलको प्रति लिटर मूल्य रु १३० र डिजेलको प्रति लिटर मूल्य रु ११५ कायम गरिएको छ। यसअघि पेट्रोल प्रतिलिटर रु १५० र डिजेल रु १३० सम्ममा किनबेच भइरहेको थियो।
मूल्य निर्धारणसँगै अब जताततै पेट्रोलियम पदार्थको कारोबार नहुने प्रजिअ पौडेलले बताए।
विसं २०६२ मा कर्णाली राजमार्ग सुरु भएदेखि हालसम्म पेट्रोलियम पदार्थमा भइरहेको महँगी र कालोबजारी बारे कसैको ध्यान पुग्नसकेको थिएन।
पेट्रोलियम पदार्थ ल्याउने ट्याङ्करको भाडा, अहिलेको मूल्य, मजदुर ज्याला, छिमेकी जिल्लाको मूल्यलाई विश्लेषण गरेर पेट्रोलियम पदार्थको मूल्य तोकिएको हो।
बैठकले गरेको पेट्रोलियम पदार्थ सम्बन्धीको निर्णय कार्यान्वयन नगर्ने जो सुकैलाई कारवाहीको दायरामा ल्याइने प्रशासनले चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।