काठमाडौं– एनआइसी एसिया बैंकले आफ्नो २ सय ७० औं शाखा झापा दमकको फाल्गुनन्द चोकमा सञ्चालनमा ल्याएको छ।
बैंकले पुस २० गते शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हाे। नयाँ शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले गरेका थिए।
दुर्गम तथा ग्रामीण भेगमासमेत आफ्नो उपस्थिति सबल बनाउँदै जाने लक्ष्य अनुरुप बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको अर्यालको भनाइ छ।
हालसम्म एनआइसी एसियाको देशभर २ सय ७० शाखा कार्यालय, २ सय ८९ एटिएम, ३७ ओटा एक्सटेन्सन काउन्टर एवम् २२ ओटा शाखारहित बैंकिङ एकाई मार्फत् सेवा प्रदान गर्दै आएको छ।
बैंकको वासलातको आकार हासम्म २ सय १३ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १ सय ६९ अर्ब तथा कर्जा १ सय ४६ अर्ब पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।