काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमले विस्तार गर्न लागेको फोरजीको काम तत्काल अगाडि बढाउन निर्देशन दिएको छ।
मन्त्रालयले टेलिकमलाई ठेकेदार कम्पनीहरूको सर्त भन्दा पनि टेलिकमको हित हुने गरी फोरजी तथा अन्य परियोजना अघि बढाउने निर्देशन दिएको हो।
टेलिकमको हितमा हुने गरी परियोजना चलाउने, संशोधन गर्ने वा रद्द गर्ने अधिकार टेलिकमसँगै भएको हुँदा काममा अलमल नहुने गरी परियोजना अगाडि बढाउने समेत मन्त्रालयले निर्देशन दिएको छ।
साथै मन्त्रालयले फोरजी परियोजनामा ठेक्का प्राप्त गरेका कम्पनीलाई १२ महिनाभित्र सम्पूर्ण काम सक्ने गरी काम अघि बढाउन समेत निर्देशन भएको छ।
जुन रकममा काम गर्ने कबुल भएको छ, सोही रकममा फोरजी विस्तार गर्दा फाइभ-जीमा समेत अपग्रेड गर्न सकिने गरी काम गराउन समेत मन्त्रालयले टेलिकमलाई निर्देशन दिएको छ।
मन्त्रालयले टेलिकमलाई दिएको निर्देशन




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।