काठमाडौं– नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा करीब साढे १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थामा १ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ रकम लगानी गर्न लागेको हो।
राष्ट्र बैंकले ३ सय ६४ दिने मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी उक्त रकम लगानी गर्न लागेको जनाएको छ। राष्ट्र बैंकले २०७५ माघ २ गतेबाट २०७६ पुस २९ गतेसम्म मुद्दति निक्षेपमा राख्न लागेको हो।
राष्ट बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब १८ करोड ६८ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २२ करोड २५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ७ करोड ४२ लाख रुपैयाँ लगानी गर्न लागिएको छ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको सर्त पूरा गरी आगामी आइतबार दिनको ३ बजेभित्र प्रस्ताव गरेको ब्याजदर खुलाई शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले जारी गरेको मुद्दति निक्षेप लिन संस्था सञ्चालनमा आएको २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पूँजीकोष कायम गरेको र निष्कृय कर्जा कूल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ।
यस्तै, खुद तरल सम्पति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी हुनुपर्ने, कारबाहीमा परेको भए फुकुवा भएको ६ महिना पूरा भएको हुनुपर्ने लगायतका सर्त अघि सारिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।