काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ निगमले जानकारी दिएको छ।
निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो।
यसअघि प्रतिलिटर १ सय १० पर्ने पेट्रोलको मूल्य १ सय ८ मा झरेको छ। प्रतिलिटर ९७ रुपैयाँमा रहेको मट्टीतेल र डिजेल ९५ रुपैयाँमा कायम भएको छ।
अन्य पदार्थहरुको मूल्य भने यथावत राखिएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य घटाइएको जानकारी निगमले विज्ञप्तिमार्फत दिएको हो।
नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा नाफा भएपनि एलपी ग्याँसमा प्रति सिलिण्डर ८० दशमलव ६९ रुपैयाँ घाटा रहेको निगमले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।