काठमाडौं– सन् २०१८ मा यूएईमा १ सय ७ जना नेपाली कामदारको ज्यान गएको छ।
यो वर्ष ९८ जना पुरुष र ९ जना महिला गरी १ सय ७ जना रोजगारीका लागि युएई पुगेका नेपालीले ज्यान गुमाएको आवुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ।
२०१८ मा ज्यान गुमाउनको संख्या पछिल्लो ६ वर्ष यताकै धेरै भएको दूतवासले जनाएको छ।
सन् २०१७ मा ८४ जना रोजगारीमा युएई पुगेका नेपाली कामदारको ज्यान गएको दूतवासले जानकारी दिएको छ। गत वर्षको तुलनामा यो वर्षभन्दा २३ जना बढिले ज्यान गुमाएको दूतवासले जनाएको छ।
पछिल्लो ६ वर्षमा यूएईमा ४ सय ५४ जना नेपालीको ज्यान गएको छ।
मृत्यु हुने कारणमा प्राकृतिक कारणले ४४ जना पुरुष र ३ जना महिलाको ज्यान गएको राजदूतावासले जानकारी दिएको छ।
त्यसैगरी ३० जना पुरुषले आत्महत्या गरेका छन् भने ३ जना महिलाले आत्महत्या गरेका छन्। दुर्घटनामा परेर २१ जना पुरुष कामदारले ज्यान गुमाएका छन् भने २ जना महिला कामदारले ज्यान गुमाएका छन्।
मृत्यु भएकामध्ये १ सय ३ जनाको शव नेपाल पठाइसकेको र ४ जनाको पठाउन बाँकी रहेको दूतावासले जनाएको छ।
प्राकृतिक कारण अन्तर्गत हृदयघात, मष्तिस्क पक्षघात तथा रक्सी खाएर मृत्यु हुने गरेको दूतवासले बताएको छ।
आबुधाबीमा रहेको नेपाली दूतावासको तथ्यांकअनुसार सन् २०१८ मा ३० पुरुष र ३ महिला गरेर ३३ जनाले आत्महत्या गरेका छन्। जुन संख्या सन् २०१७ भन्दा ७ जनाले धेरै हो। सन् २०१७ मा २६ जनाले आत्महत्या गरेका थिए।
त्यस्तै सडकमा, पानीमा डुबेर र आगोमा जलेर दुर्घटना हुँदा २१ पुरुष र २ महिला गरी २३ जनाको ज्यान गएको दूतावासको तथ्यांकमा उल्लेख छ।
६ वर्षमा ४ सय ५४ जनाको मृत्यु, सडक दुघर्टना र रक्सी मुख्य कारण मुत्यु भएको दूतवासले जनाएको छ।
नेपाली दूतावास आबुधाबीले गएको आर्थिक वर्षमा विभिन्न खालका जनचेतनामूलक कार्यक्रम भन्दै ५ वटा कार्यक्रम गरेको दूतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीले जानकारी दिएका छन्।
दूतवासले मुत्युदर घटाउन प्रयास गरिरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।