• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सप्तरीका स्थानीय तहको बेहाल : अधिकांश तह बजेट खर्च गर्न असक्षम, ५ वटाको गाउँसभा अझै अन्याेलमा

64x64
नेपाल लाइभ बिहीबार, पुस १९, २०७५  ०९:११
1140x725

राजविराज– राजविराज नगरपालिकाको कृषि शाखाले यस वर्ष किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्न २ लाख रुपैयाँ बजेट छुट्याएको थियो। तर, समयमा बजेट निकासा नहुँदा किसानलाई बिउ वितरण गर्ने नगरपालिकाको योजना कागजमा मात्रै सीमित बन्न पुग्यो।

अनुदानको त कुरा छाडौं, किन्छु भन्दा पनि किसानले गहुँको बिउ नपाएपछि जिल्लाको ३० हजार हेक्टर मध्ये करीब ३ हजार हेक्टर खेतीयोग्य जग्गा बाँझो रहन पुग्यो।

बजेट नआएकै कारण गहुँको नतिजा प्रदर्शनका लागि बनाइएको योजना पनि नगरपालिकाले पुरा गर्न सकेन। नतिजा प्रदर्शन शिर्षकमा ८० हजार रुपैयाँ बजेट छुट्याइएको थियो। ‘हामीले कार्यक्रम बनाएर बस्यौं, तर पैसा हात लागेन’, राजविराज नगरपालिकाका प्राविधिक सहायक महेन्द्रप्रसाद साह भन्छन्, ‘गहुँको च्याप्टर सकियो, अब अर्को कार्यक्रम बनाउँदैछौं।’

यसबीचमा नगरपालिकाका करीब ४ हजार २ सय नगरबासीले सामाजिक सुरक्षा भत्ता समेत पाएका छैनन्। ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, विधवा, एकल महिला, अपांग र दलित बालबालिकाले पाउनु पर्ने भत्ता रोकिएको छ। ‘दसैंतिहार जस्ता चाडपर्वमा पनि पैसा दिएनन्’, राजविराज नगरपालिका–२ का ८३ वर्षीय लक्ष्मीलाल देव भन्छन्, ‘१÷२ दिन भन्न थालेको पनि डेढ महिना भयो, तर त्यो दिन अहिलेसम्म आएन।’

बिउ वितरण, नतिजा प्रदर्शन र सामाजिक सुरक्षा भत्ता मात्र होईन राजविराज नगरपालिकाका अधिकांश योजना प्रभावित छन्। पहिलो किस्ताको रकमबाट गर्नुपर्ने काम÷योजना अहिले पनि सुरु हुन सकेको छैन। अख्तियारी पाएपनि कार्यालयको खातामा रकम नआउँदा अधिकांश काम प्रभावित भएको कर्मचारीहरु बताउँछन्।

कोष तथा लेखा नियन्त्रक कार्यालयले नगरपालिकालाई गत साउनमै पहिलो किस्तावापतको बजेट खर्च गर्ने अख्तियारी दिएको थियो। ससर्ततर्फ ४ करोड २३ लाख ५ सय र वित्तीय समानिकरणतर्फ ४ करोड ६१ लाख गरी कुल ८ करोड ८४ लाख ५ सय रुपैयाँको अख्तियारी पाए पनि नगरपालिका कार्यालयको खातामा पैसा नआएपछि अधिकांश योजना प्रभावित भएको कर्मचारीहरुले बताए।

नगरपालिकामा दसैं अघिदेखि नै प्रमुख प्रशासकीय अधिकृत नभएका कारण बजेट ल्याएर कार्यक्रम सुरु गर्ने वातावरण नबनेको निमित्त प्रशासकीय अधिकृत, लेखापाल राजेश कुमार राजले बताए। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर कार्की दसैं अगाडि नै बिदामा गएपछि अहिलेसम्म फर्केका छैनन्। लामो समयसम्म उनका ठाउँमा अर्को अधिकृत पनि नपठाइएका कारण आर्थिक कारोबारमा अवरोध भएको उनको भनाइ छ।

‘बजेट ल्याएर काम सुरु गर्ने समयमा कार्यालय प्रमुखको झमेला भयो’, उनले भने, ‘अख्तियारी पाएको काम सुरु गर्ने र दोश्रो किस्ताको रकम माग गर्ने अहिले तयारी भइरहेको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

राजविराज नगरपालिका मात्र होइन, सप्तरीका ९ नगरपालिकासहित १८ वटा स्थानीय तहमध्ये १५ वटा स्थानीय तहले अहिले पनि पहिलो किस्तावापतको रकम खर्च गर्न सकेका छैनन्। कात्तिक मसान्तभित्र दोश्रो किस्ताको रकम लिइसक्नु पर्ने प्रावधान भएपनि पुसको मध्यसम्ममा पनि पहिलो किस्ताको बजेट खर्च भइनसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख पूर्णराज कार्कीका अनुसार सप्तकोशी र सुरुङ्गा नगरपालिका तथा विष्णुपुर गाउँपालिकाले मात्र दोश्रो किस्ताको रकम लिएका छन्। ‘पहिलो किस्ताको प्रगति विवरण बुझाएर दोश्रो किस्ताको रकम माग गर्नु पर्ने हो’, कार्कीले भने, ‘तीन वटा स्थानीय तहबाहेक अन्य १५ वटा स्थानीय तहले अहिलेसम्म पनि विवरण बुझाएका छैनन्।’

५ स्थानीय तहको बजेट नै आएन

Xtrem

Xtrem

असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने कानुनी व्यवस्था भएपनि सप्तरीका ५ वटा स्थानीय तहले अहिले पनि बजेट ल्याउन सकेका छैनन्। सप्तरीका तिरहुत, महादेवा, छिन्नमस्ता, राजगढ र वलान–विहुल गाउँपालिकाको गाउँसभा र बजेट सार्वजनिक गर्ने विषय अहिले पनि अन्योलमा छ।

‘अन्तर सरकारी वित्त व्यवस्थापन ऐन’को दफा २१ मा स्थानीय तहले असार १० गतेभित्र आगामी वर्षका लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। तोकिएको समायावधि सकिएको ६ महिनाभन्दा बढी समय बितिसक्दा पनि जनप्रतिनिधिहरुका बीचमा देखिएको कलह र समन्वय अभावका कारण गाउँसभा र बजेट सार्वजनिकीकरणमा ढिलाइ भएको हो।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०७५  ०९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्