काठमाडौं- आज बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ।
मन्त्रिपरिषदले मोहन सापकोटालाई सामान्य प्रशासनबाट गृह मन्त्रालयमा पदस्थापन गरेको छ। युवकध्वज जिसीलाई पशुपन्छी मन्त्रालयबाट वन मन्त्रालयको सचिवमा लगिएको छ।
यस्तै, शंकरप्रसाद अधिकारीलाई अर्थ सचिव, प्रधानमन्त्री कार्यालयमा रहेका ङइन्द्रप्रसाद उपाध्यायलाई लोकसेवा आयोगमा, मधु रेग्मीलाई शिक्षा सचिव, रेशमी राज पाण्डेलाई सामान्य प्रशासन मन्त्रालय र प्रकाश माथेमालाई पशुपन्छी मन्त्रालयमा पदस्थापन गरिएको छ।
मंगलबार अवकाश पाउन लागेका मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीको स्थानमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने पनि सरकारले निर्णय गरेको छ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमाका लागि पहिलो चरणका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ता भएपछि सरकारले जिम्मेवार हेरफेर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।