काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले सो पदमा युवराज भुसाललाई नियुक्त गरेको छ।
प्युठानबाट प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेसबाट नाम सिफारिस भएपछि कार्यवाहक सिइओ पोखरेलले राजीनामा दिएका थिए। भुसाल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन्। उनी यसअघि पनि पटकपटक सरकारी लाभको पदमा पुगेका थिए। पौडेलको सम्धी भएकै कारण अर्थ सचिवबाट अवकाश पाएको २०७१ साल साउन ९ गते प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा नियुक्ति पाएका थिए। अर्थ मन्त्रालयमा सचिव समेत भएका भुसालले राजनीतिक नियुक्ति पाएको दोस्रो पटक हो।
यो पनि पढ्नुस्: को हुन् भुसाल?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।