• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रधानन्यायाधीश मिश्रको ४ महिने कार्यकाल : विवादमै आए, झन् थपेर गए

विवादको घेरामा २०६८ पछिका प्रधानन्यायाधीश
64x64
नेपाल लाइभ मंगलबार, पुस १७, २०७५  २०:४२
1140x725

काठमाडौं- पछिल्लो समय सर्वोच्च अदालतका प्रधानन्यायाधीशको बिदाइ सुखद् हुन सकेको छैन। सर्वोच्च आउँदा फुलमालाको स्वागतका साथ पत्रकार सम्मेलन गर्दै भित्रने प्रधानन्यायाधीश बिदाइ हुँदा लुसुक्क जाने गरेका छन्। सञ्चारमाध्यमको सामना गर्न नपरोस् भन्दै उनीहरू अवकाश पाएको दिनसम्म अदालत हाजिर भई बिदा हुने गरेका छन्। बिदाइ हुँदा अदालतमा पत्रकार सम्मेलन नै गरेर गर्वका साथ अवकाश लिने हुने अन्तिम न्यायाधीश रामप्रसाद श्रेष्ठ थिए।

श्रेष्ठपछि विगत ७ वर्षमा ७ जना प्रधानन्यायाधीश सर्वोच्चले पाएको छ। ती मध्ये कुनै पनि प्रधानन्यायाधीश विवादरहित हुन सकेनन्। श्रेष्ठपछि खिलराज रेग्मी, दामोदर शर्मा, रामकुमार प्रसाद साह, कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली र ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भए। उनीहरू सबै कुनै न कुनै विवादमा आइरहे।

मंगलबार अवकाशमा गएका मिश्रले तुलनात्मक रुपमा कम अवधि मात्र प्रधानन्यायाधीशका रुमपा काम गर्ने अवसर पाए। तर जति पाए, त्यो समयमा उनी विवादका पाटाहरु निको पार्न भन्दा झन् थपेर गए। विशेष अदालतमा रहँदा भ्रष्टाचार मुद्दामा कडा स्वभाव बनाएका मिश्र सर्वोच्चको नेतृत्वमा पुग्दा  भने आमूल परिवर्तन भए। 

एनसेल प्रकरणदेखि विभिन्न करका मुद्दामा अन्तरिम आदेश जारी गरी विवादमा तानिएका भए पनि मिश्रले सर्वोच्चको नेतृत्व सम्हाल्ने अवसर पाएका थिए। अर्का न्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएपछि सौभाग्यवस उनले उक्त मौका पाएका थिए। 

सुनुवाई समितिमा गरेका वाचा विपरीत सर्वोच्च नेतृत्वमा पुगेपछि मिश्रले ठीक उल्टो न्याय सम्पादन गरे। एनसेलका मुद्दा अन्तिम किनारा गर्ने प्रयासदेखि केही निश्चित न्यायाधीशको इजलासमा मात्र पेसी तोकेर आर्थिक विचलनतर्फ उन्मुख चरित्र मिश्रले देखाए। भ्रष्टाचारका मुद्दामा मिश्रको कार्यकालले गलत नजिर निर्माण गर्‍यो। 

फैसला भई किनारा लागेको कृषि विकास बैंकको एक मुद्दा मिश्रकै कार्यकालमा पुनरवलोकन भई सफाइ पाउने फैसला भयो। लामो समयसम्म संवैधानिक इजलास गठन नगरी क्यासिनोको ६० अर्ब राजस्व असुलीमा ढिलाइ गरे। मिश्रले आफ्नो कार्यकालमा हेर्दाहेर्दै रहेको क्यासिनोको मुद्दा पेसी नै चढाएनन्। कतिपय बिचौलियाले समेत मिश्रको कार्यकालमा खेल्ने मौका पाएका कारण सार्वजनिक जग्गा व्यक्तिको नाममा हुने फैसला भयो।

यस्ता छन् मुख्य विवादस्पद फैसला
एनसेल प्रकरण

करिब ७० अर्ब बराबरको लाभकर सरकारले पाउनुपर्ने दाबी हुँदै आएको एनसेलको विवादमा मिश्रले अन्तिम किनारा गर्ने प्रयास गरे। सुरुमा अन्तरिम आदेशमा समेत मुछिएका मिश्रले त्यसलाई आफू अवकाशमा नजाँदै टुङ्गाउन चलखेल गरेको सञ्चार माध्यममा सार्वजनिक भयो। यो सँगै उक्त मुद्दाको पेसी पटक-पटक सार्दै लगियो।

दीपक मनाङ्गेको मुद्दा पुनरवलोकन
मिश्रको कार्यकालमै ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालत पाटनले ५ वर्ष सजाय सुनाएका दीपक मनाङ्गेको मुद्दा पुनः दर्ता भयो। प्रदेशसभा सदस्यमा विजयी भएका मनाङ्गे सपथ नै नलिई थुनामा रहेको अवस्थामा सर्वोच्चको आदेशपछि रिहा भएका छन्। उनले सपथ माग गर्दै गण्डकी प्रदेशसभामा निवेदन समेत दिएका छन्। लामो समयसम्म पुनरावेदन नगएका मनाङ्गेको मुद्दा मिश्रको कार्यकालमा किन फैसला भयो भनी सार्वजनिक प्रश्न उठेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

क्यासिनकोका मुद्दा पेसी नै चढेनन्
करिब ६० अर्ब राज्यले पाउनुपर्ने राजस्व असुल हुनुपर्ने क्यासिनोका मुद्दा सर्वोच्चले फैसला नगर्दा सरकार मारमा परिरहेको छ। गोपाल पराजुलीकै समयमा संवैधानिक इजलासमा 'हेर्दाहेर्दै'मा रहेका ती  मुद्दाहरु मिश्रले आफ्नो कार्यकालमा पेसी नै चढाएनन्। लामो समयसम्म संवैधानिक इजलास नै गठन भएन। गठन भएपछि पनि उक्त मुद्दा प्राथमिकतामा परेनन्। जसले गर्दा सर्वोच्चको अन्तरिम आदेश देखाउँदै उनीहरू चल्ने तर राज्यले राजस्व नपाउने अवस्था चलिरह्यो।

भ्रष्टाचारमा सफाइ
मिश्रको कार्यकालमा भ्रष्टाचारका मुद्दाहरुमा केही आरोपितहरुले सफाइ पाए। विशेष अदालतबाट दोषी ठहर भएका केही आरोपितले समेत उनको प्रधानन्यायाधीश कार्यकालमा सफाइ पाए। भन्सार कार्यालयका कर्मचारीहरू दुर्गाबन्धु कार्की, केदारप्रसाद चालिसे, कृषि विकास बैंकका कर्मचारी गोविन्दप्रसाद जोशी, पूर्व आइजिपी मोतिलाल बोहोरा लगायतले सफाइ पाए। उनीहरूले सफाई पाएको नजिरका आधारमा अन्य भ्रष्टाचारका आरोपितले समेत सफाइ पाउने देखिन्छ।

सीमित न्यायाधीशको पेसी
मिश्रको कार्यकालमा भ्रष्टाचार र आर्थिक चलखेलका मुद्दाहरुको इजलास सेटिङ भएको आरोप लाग्ने गरेको छ। पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ, शारदाप्रसाद घिमिरे, डम्बरबहादुर शाही र दीपकराज जोशीको इजलास तोक्ने गरेको आरोप लागेको छ।

अजय सुमार्गीको सिमेन्ट कम्पनीको पैसा खुल्ला गर्नेदेखि लिएर चौधरी ग्रुपको सिजी टेलिकमसम्मका मुद्दामा अन्तरिम आदेश दिन र नक्कली भ्याट बिलको मुद्दा फैसलाका लागि चलखेल भएकाले मिश्रले यसरी इजलास तोकेको आरोप छ।

Xtrem

Xtrem

एनसेलका मुद्दा पनि मिश्रले यिनै न्यायाधीश मध्येबाट पूर्ण इजलास तोकेका थिए। भ्रष्टाचारका अधिकांश मुद्दा पनि यिनै न्यायाधीसको इजलासमा पेसी तोकिएपछि प्रधानन्यायाधीश समेतको मिलेमतोमा इजलास सेटिङ भएको चर्चा हुने गरेको छ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०७५  २०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ बुधबार, असोज २१, २०८३
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग बुधबार, असोज २१, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्