काठमाडौं – १५ चैत २०८१ मा तीनकुनेमा भएको राजावादी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्दै मानव अधिकार आयोगले सुरक्षा निकायलाई स्रोतसाधनयुक्त बनाउन भनेको छ ।
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रु ग्यासहरु प्रहार गरिएको भन्दै आयोगले सुरक्षा निकायलाई स्रोत साधानयुक्त बनाउन भनेको हो ।
‘घटनाको अवस्था हेर्दा सुरक्षा निकायले म्याद नाघेका अश्रुग्याँस व्यापक प्रयोग गरेको, सुरक्षाकर्मीहरुलाई पर्याप्त स्रोत साधानको अभाव हुने गरेको, लामो समयदेखि बन्दोबस्तीका सामानहरु खरिद नगरिएको भन्ने सुरक्षा निकायका पदाधिकारीको बयानको क्रममा खुलन आएको हुँदा पर्याप्त स्रोत साधानको व्यवस्थ ागर्न तथा म्याद नाघेका अश्रुग्यास प्रयोग नगर्न/नगराउने’ आयोगले सिफारिस खण्डमा भनेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।