• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

डिएसपीको धाक र समीरमानको रवाफ देखाउँदै यसरी ठगियो ४० लाख

64x64
नेपाल लाइभ मंगलबार, पुस १७, २०७५  १६:४१
1140x725

काठमाडौं– कारागारमा रहेका गुण्डा नाइके समीरमान सिंह बस्नेत समूहको एक जनासहित एक दर्जन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रोहित मगर भनिने पूर्णबहादुर पुलामी, सलिना शेर्पा भन्ने संगीता राई, विवेक दनुवार भन्ने धनेश्वरकुमार दनुवार, पवन विक, सन्तोष लामा, मनिष ढुंगाना, सुरेश राई, मनोज लामा, समीर लामा, सरोज भन्ने सरोजकुमार घिसिङ, सागर राई र डिएसपी लोप्साङ भनेर चिनाउने जगत योञ्जन छन्।

उनीहरुले संगठित रुपमा समूह बनाएर लामो समयदेखि ठगी गर्दै आएको सिआइबीले जनाएको छ। नक्कली नोट, नक्कली डलर देखाएर ठगी गर्ने गरेका उनीहरु पछिल्लो समय नक्कली सुनलाई सक्कली भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन्। उनीहरुले रकम ठगी गरेपछि दामासाहीका हिसाबले बाँड्ने गरेका छन्।

यसरी ठगी भयो ४० लाख
अन्जु शर्मा न्युरोडमा सुनचाँदी पसल सञ्चालन गर्छिन्। उनको सम्पर्क यो समूहका पवन विक नाम गरेका युवासँग हुन्छ। भेटघाटकै क्रममा एक दिन पवनले अन्जुलाई भन्छन्, ‘बजारमा सुनको अभाव छ। म एक किलो सुन भएको मान्छे भेटाइदिन्छु। मिलाएर दिन्छु लिनू।’

५०/५५ लाख रुपैयाँ किनबेच गर्ने गरे पनि एक किलो सुन अन्जुलाई ४० लाख रुपैयाँमै दिलाइदिने वचन विकले दिन्छन्। 

सस्तैमा सुन पाउने भएपछि मख्ख हुँदै अन्जु पैसा निकाल्न बैंक अफ काठमाडौंको न्युरोड शाखा जान्छिन्। एकैपटक एक जनाले ४० लाख रुपैयाँ निकाल्न नमिल्ने। त्यसपछि उनले पवन र बैंकमा आएका अन्य मान्छको सहयोगमा ४० लाख रुपैयाँ निकाल्छिन्।

४० लाख पैसाको झोला बोकेकी अन्जुलाई विकले स्कुटरमा राखेर बौद्ध पुर्‍याउँछन्।

बौद्धको एक होटल। जहाँ सलिना भनिने संगीता राईसहित तीन जना हुन्छन्। संगीताले नाता जोड्दै भन्छिन्, 'केटाहरुको भर पर्नु हुँदैन। म सस्तोमा तिमीलाई सुन दिन्छु।'

Ncell 2
Ncell 2
nimb
nimb

ती कुरा भएपछि अन्जुलाई होटलको माथिल्लो तलामा लगिन्छ।

४० लाखको बिटो संगीताले बुझ्छिन्। त्यसपछि प्लास्टिकको एउटा पोको अन्जुलाई थमाउँदै संगीताले भन्छिन्, ‘यहाँ वरपर नखोल्नू। प्रहरीका सिआइडी पनि हुन सक्छन्। घरमा लगेर मात्रै खोल्नू। कसैलाई नदेखाउनू। लुटिन पनि सक्छ।’

संगीताको सल्लाह मनन गर्दै अन्जु आफ्नो न्युरोडको सुन पसलतिर लाग्छिन्।

प्लास्टिकको पोको। त्यसभित्र पनि कालो टेपले बेरेको पोको फुकालिन्छ। सुनको काम गरेर अभ्यस्त भइसकेकी उनलाई सुन चिन्न खासै गाह्रो भएन। तैपनि जाँच गरिन्। उनको अनुमान मेल खायो। ठगीको यो समूले अन्जुलाई सक्कली भन्दै ४० लाख रुपैयाँमा नक्कली सुन बेचेका थिए।

Xtrem

Xtrem

ठगिएको थाहा पाएपछि गत कात्तिक १६ गते उनले सिआइबी गएर उजुरी गरिन्। उनकै उजुरीको आधारमा सिआइबीले नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने यो समूहका १२ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौं, काभ्रे, ललितपुर लगायतका जिल्लाबाट पक्राउ गरिएको सिआइबी स्रोतले जानकारी दियो। पक्राउ परेका उनीहरुलाई आज मंगलबार अदालत पेश गरिएको छ। 

डिएसपीको धाक र समीरमानको रवाफ देखाउँदै ठगी
पक्राउ परेका १२ मध्ये जगत योन्जनले आफूलाई डिएसपी लोप्साङ भनेर चिनाउँदै आएका छन्। नेपाल प्रहरीको डिएसपी भएको नक्कली परिचय दिँदै उनले ठगी गर्ने गरेको सिआइबीले जनाएको छ। नक्कली सुनको कारोबार हुने बेला 'प्रहरीको कुनै डर मान्नु पर्दैन, म पनि डिएसपी हुँ, सबै सेटिङ मिलाएको छु' भन्दै उनले सुन किन्न आउने व्यक्तिलाई आश्वासन दिने काम गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका सरोज भन्ने समीरकुमार घिसिङले थुनामा रहेका गुण्डा नाइके समीरमान बस्नतेको समूहको सदस्य भएको सिआइबी अनुसन्धानबाट खुलेको छ। गुण्डा नाइके बस्नेत जेल चलान भएपछि उनी सो समूहबाट अलग भएर छुट्टै समूह खडा गरी ठगी र लुटपाट गर्न थालेको प्रहरीले जनाएको छ।
 
चोरीका बाइकबाटै ठगीको धन्दा
प्रहरीले उनीहरुको साथबाट ३ वटा चोरीको मोटरसाइकल समेत बरामद गरेको छ। निकै महँगो मानिने ३ वटा केटिएम डुक बाइक प्रहरीले बरामद गरेको हो। उनीहरुले बा ८५ प ५९८ नम्बरको डुक, बा ७५ प ५४७० नम्बरको डुक र बा ७७ प २९३१ नम्बरको चोरीको मोटरसाइकल प्रयोग गर्ने गरेको पाइएको छ। मोटरसाइकल चोरी गरेर उनीहरुले क्रमश: बा ८३ प ८०३३, बा ७८ प ८९७६ र बा ८९प १६१५ नम्बरको प्लेट हालेर प्रयोग गर्ने गरेका थिए।

ठगी गर्न जाँदा उनीहरुले यीनै मोटरसाइकल प्रयोग गर्ने गरेको देखिन्छ। त्यस्तै उनीहरुले सरकारी छाप, दस्तखत समेत नक्कली बनाएर ब्लु बुक समेत बनाएर चलाउने गरेको पाइएको छ।

कहाँबाट आउँछन् नक्कली सुनका बिस्कुट?
पछिल्लो समय प्रहरीले धमाधम नक्कली सुनका बिस्कुटसहित मान्छे पक्राउ गर्दै आएको छ। नक्कली सुनसहित मान्छे पक्राउ परे पनि त्यो सुन कहाँबाट आएको हो भन्ने कुरा अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन। केही समयअघि महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली सुनसहित केही मान्छे पक्राउ गरेको थियो। यसबारे नक्कली सुन कहाँबाट आयो भनेर पत्रकार एसएसपी वसन्त लामालाई प्रश्न गर्दा यसबारे अनुसन्धान भइरहेको बताएका थिए।

तर प्रहरीले अहिलेसम्म नक्कली सुनका बिस्कुट कहाँ बन्छ, कहाँबाट आउँछ भन्ने अहिलेसम्म पत्ता लगाउन सकेको छैन। पक्राउ परेका केही व्यक्तिले भारतबाट आउने गरेको बताएका छन् भने केही व्यक्तिले उत्तरी नाका चीनबाट आउने गरेका छन्। प्रहरीले ठगहरुले नेपालमै नक्कली सुनका बिस्कुट बनाउने गरेको अनुमान गरे पनि अहिलेसम्म प्रमाण फेला परेको छैन। जसकारण बारम्बार मान्छे पक्राउ पर्दा पनि नक्कली सुनलाई सक्कली भन्दै ठगी हुने क्रम रोकिएको छैन।

(प्रतीकात्मक तस्बिर)

प्रकाशित मिति: मंगलबार, पुस १७, २०७५  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ बुधबार, असोज २१, २०८३
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग बुधबार, असोज २१, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्