• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

चोलेन्द्र शमशेरलाई ११ सांसदका यस्ता प्रश्न

64x64
नेपाल लाइभ आइतबार, पुस १५, २०७५  १८:३४
1140x725

काठमाडौं- सर्वोच्च अदातलको २८औं नेतृत्वका लागि सिफारिस भएका न्यायाधीश चोलेन्द्र शम्शेर राणाको संसदीय सुनुवाइ सुरु भएको छ।

संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ विशेष समितिमा राणा विरुद्धका उजुरी र भावी कार्ययोजनाका बारेमा सुनुवाइ सुरु भएको हो। संविधानअनुसार संसद्‍बाट अनुमोदन भएपछि राष्ट्रपतिले सपथ खुवाउनु पर्ने व्यवस्था छ।

राणामाथि संसदिय सुनुवाइ समितिमा सांसदहरुले दर्जनौं प्रश्न सोधे। वीरगञ्जको सार्वजनिक पोखरी व्यक्तिको नाममा हुने गरी फैसला गरेकोदेखि नियुक्तिको समयमा प्रधानन्यायाधीशसँग बार्गेनिङ गरेकोसम्मका प्रश्न राणामाथि सोधिएको थियो। सांसदहरूले अदालतमा भ्रष्टाचार छ भनेर स्वीकार गर्ने तर सो अनुसारको आचारण नदेखाउने काम विगतमा पनि भएको भन्दै प्रतिबद्धता कार्यान्वयनको प्रश्न समेत उठाएका थिए।

सांसदहरुले राणालाई बिचौलिया नियन्त्रणदेखि अदालतप्रतिको जनताको आस्था वृद्धिसम्मका विषयमा ठोस योजना माग गरेका थिए।

यस्ता छन् राणालाई सांसद्‍ले गरेका प्रश्न
शिवकुमार मण्डल
बार्गेनिङ न्यायाधीश नियुक्त हुनुभएको तपाईंलाई आरोप लाग्ने गरेको छ। जुवा खेलमा तपाईंले गरेको फैसला के हो? इजलास बहिस्कार किन गर्नु भयो? यदि तपाईंको पालामा पनि अन्य न्यायाधीशले यसो गरे के गर्नु हुन्छ? पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहलाई छाउनीको १५ रोपनी जग्गा दाइजो दिने फैसला किन गर्नु भयो? 

वीरगञ्जको सार्वजनिक पोखरी कसरी व्यक्तिको नाममा हुने फैसला गर्नुभयो। अंशबण्डाका क्रममा उल्लेख नै नभएको जमिन एक्कासी तपाईंका आफन्तको नाममा हुने फैसला कसरी भयो? अदालत सर्वसाधरणको पहुँचबाट टाढा हुने र बिचौलियाको  नजिक हुने कसरी हुन्छ। बिचौलिया नियन्त्रण हुने कुरा गर्नु भएको छ। तर कसरी कार्यान्यवन हुन्छ?

सुमनराज प्याकुरेल
संसदमा पेस गरेको अवधारणापत्र राम्रो छ। तर तपाईंले हामी तेस्रो सुनुवाइमा छौं र यसअघिका नजिर हेर्न जरुरी छ। अदालतका बारेमा धेरै कुरा सुनिएको छ। जयप्रकाश प्रसाद गुप्ताको मुद्दामा तपाईंमाथि कारबाही गर्न भनेको थियो यसमा तपाईंको भनाई के छ?  

वीरगञ्जका जग्गाजस्ता केही विवादास्पद कुरा आईरहँदा भविष्यमा यस्तो हुन्छ कि हुँदैन भन्ने प्रतिबद्धता के हो? अहिले भू-माफियाहरू जग्गामा लागेका छन् यसको प्रभाव अदालतमा समेत छ भनिन्छ। यसलाई रोक्न तपाईंसँग के योजना छन्।

Ncell 2
Ncell 2
nimb
nimb

राजेन्द्र श्रेष्ठ
तपाईंका बारेमा यहाँ धेरै कुरा उजुरीमा आएका छन्। खासगरी यहाँले गरेका फैसलामा बिचौलियाहरूसँग साँठगाँठ छ भन्ने आरोप छ। वीरगञ्जको छपकैया पोखरीमा यस्तो देखिएको आरोपमाथि के भन्नु हुन्छ? अंशबण्डा कागजमा ४ धुर देखिने तर वास्तवमा चाँहि ४ कठ्ठा देखिन सक्ने अवस्थामा तपाईंले कसरी व्यक्तिको हुने फैसला सुनाउनु भयो?  

क्यासिनो रोयलमा जसरी तपाईंसमेतको इजलासले फैसला सुनायो यसले गर्दा सरकारले करोडौंको राजश्व गुमाउनु पर्‍यो, यसमा तपाईंको भनाई के छ? तपाईंले केही आफ्ना नातादारका पक्षमा समेत फैसला गरेको आरोप  छ नि?  

जीतेन्द्रनारायण देव
तपाईंले राखेको अवधारणा अनुसार काम हुने हो भने राम्रो छ। तर अहिले न्यायालयको आस्था घटिराखेको छ। भ्रष्टाचार छ भन्ने कुराको स्वीकार गर्नु भयो राम्रो हो। तर त्यसलाई तपाईंले आफ्नो कार्यकालमा कसरी कम गर्नुहुन्छ। न्याय सम्पादन छिटो गर्नु राम्रो हो तर छिटो गर्दा अन्याय हुनेतिर ध्यान छ कि छैन? भ्रष्टाचार शून्य सहनशीलताको नीति लिने भन्नुभयो। यसअघि पनि यसै भनिएको थियो। तर किन कम भएन। अब कस्ता कानुन बनाए भ्रष्टाचार निर्मूल गर्न सहयोग हुन्छ?

नेपालमा भू-माफियाहरू सार्वजनिक सम्पत्ति आफ्नो नाममा राख्न लागेका छन्। छपकैया पोखरी एकै पटक व्यक्तिको नाममा भयो। यो मिलेन कि लागेको छ कि छैन?  

Xtrem

Xtrem

ज्ञानेन्द्रबहादुर कार्की
१५ पृष्ठको कार्ययोजना सकारात्मक छ। तर अहिले न्यायालयप्रति नकारात्मक सोच बनाउने अवस्थामा किन पुगियो? विधिको शासन र लोकतन्त्रका मूल्यमान्यता आएका छन्। तर त्यसलाई कसरी कार्यान्वयन गर्नुहुन्छ? एउटै प्रकृतिका मुद्दामा फरक न्यायाधीशले कसरी फरक फैसला गर्छन्? २२ हजार मुद्दा सर्वोच्चमा विचाराधीन छन्।  तिनिहरुलाई कसरी छिटो फैसला गर्नुहुन्छ?

अमृता थापामगर
चुनौती र अवरोध कसरी हटाउने योजना प्रस्तुतमा देखिएनन्। तपाईंप्रति जुन फैसला गरेका उजुरी छन् यो भविष्यमा नदोहोरिने आधार के छन्? वीरगञ्जको पोखरीदेखि दाईजोसम्मका साथै हुँदै नभएका स्कुलमा म्याद टाँसेर फैसला गरेको उजुरीसम्म हामीले सुन्यौं, यसमा तपाईंको धारणा के हो?

पूर्णकुमारी सुवेदी
तपाईंलाई प्रधानन्यायाधीश बनाउँदा उजुरीकर्ताहरुले न्याय खोज्न कहाँ जाने भन्ने प्रश्न हामीलाई गरेका छन्। यसलाई कसरी लिनु भएको छ? तपाईंले पेस गरेको कार्ययोजना कसरी कार्यान्वयन हुन्छ? विपन्न वर्गका मानिसले किन न्याय पाउन सक्दैन? अझै पनि न्यायालयमा विश्वास गर्ने आधार किन बनेन? उजुरीकर्ताहरुको कुरा सुन्दा तपाईंका हिजोका कार्य हेर्दा ढुक्क भएर बस्न सक्ने स्थिति छैन।

भीमसेनदास प्रधान
आम जनता किन न्यायलयप्रति सन्तोष छैनन्। केही दिन पहिले पनि विवादास्पद निर्णय आए। तपाईं विरुद्ध परेका उजुरी कति सत्य हुन्,होइनन भनिदिनु पर्यो। गल्ती हुन सक्छ सच्चाउने काम गर्नपर्छ। चार वर्ष काम गरेपछि साँच्चै न्यायमुर्ति बन्नु होला त?

पुष्पा भुसाल
केही गुणात्मक योजना पेस भएको छ। विश्वनाथ उपाध्यायपछि लामो अवधि र अवसर तपाईंले पाउनु भएको छ। न्यायालयलाई बिचौलियाबाट टाढा राख्न के योजना छ? अन्तरिम आदेश दिँदा टुङगो नै लागे झैं किन हुन्छ? उच्च र जिल्ला अदालतका न्यायाधीशले पुनरावेदन हुने मानसिकताबाट किन फैसला गरिरहेका छन्? न्यायाधीश नियुक्तिमा किन विवाद हुन्छ?

योगेश भट्टराई
यति छोटो समयमा यति धेरै न्यायाधीशको सुनुवाइ गरेका छौ। सुनुवाइ समितिमा बोलेपछि ठुलो संकट पार गरेको उहाँहरुलाई लाग्छ तर संविधान जीवित हुन्छ त्यसको ख्याल गर्न जरुरी छ। संसदको सर्वोच्चता अदालतले किन स्वीकार गर्न सक्दैन। अस्वीकृत भएका मानिस त्यहाँ कार्यसम्पादन गरिरहेका छन्। यस विषयमा तपाईंको धारणा के हो? नेपालका सबै निकाय बदनाम गर्ने हावा चलेको छ। यो सुनियोजित छ। बदनाम हुने कुरामा त्यसमा त्यहाँ रहने व्यक्तिको पनि हात छ। 

आफू त्यस्तो व्यक्ति नहुन तपाईंको प्रतिबद्धता के हो? १५ पृष्ठ लामो प्रतिबद्धतामा तपाईं आफै कति नम्बर दिन चाहनुहुन्छ? राज्यलाई नोक्सान हुने अन्तरिम आदेश किन पटक-पटक जारी हुन्छन्? यसको छानबिन किन हुँदैन?

पार्वत गुरुङ
तपाईं असल मान्छे हो भने अवसर पाउनुपर्छ। तर कतिपय अवस्थामा यो देखिँदैन। तपाईंको जीवनको अन्तिम लक्ष्य के हो? न्यायाधीश वा न्यायामुर्ति? जनताबाट आएका हामीलाई उनीहरूका निम्ति कानुन बनाउनु पर्छ। अदालतका फैसलाले जनतालाई असर पारेको कुरा किन बुझिँदैन। 

अदालतको आस्था घटाउने कार्य न्यायाधीशहरूबाटै कसरी भयो? व्यक्क्ति बलियो र राज्य कमजोर हुने अवस्था न्यायलयकै कारण आईरहको छ। यसलाई रोक्ने योजना के छन्?

भ्रष्टाचारी र अपराधी व्यक्तिलाई न्यायलयले किन चोखो बनाउँछ। न्यायाधीशलाई गलत कार्य सम्पादन गरेको आधारमा कारबाही भएको कम देखिन्छ। महाअभियोग लिएर संसदमा आउन नपर्ने अवस्था किन सिर्जना गर्न सकिँदैन? न्यायाधीश सेटिङमा मुद्दा छिन्ने कुरा अहिले चर्चामा छ। यो विषयमा तपाईंको धारणा के हो? यसलाई निरूपण गर्ने उपाय के छ? सरकार विरुद्धको  फैसला गर्न न्यायलय अग्रसर किन हुन्छ? 

प्रकाशित मिति: आइतबार, पुस १५, २०७५  १८:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ बुधबार, असोज २१, २०८३
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग बुधबार, असोज २१, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्