सुभा– फिजीमा घरेलु हिंसाका कारण सन् २०१८ मा पाँच महिलाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ।
फिजीका महिलाको सङ्कट केन्द्रले शुक्रबार दिएको जानकारीअनुसार महिलाविरुद्ध हुने घरेलु हिंसाको अवस्था अझै पनि चिन्ताजनक अवस्थामै रहेको छ।
सो संस्थाकी संयोजक शामिमा अलिले घरेलु हिंसामा परि मृत्यु भएकामध्ये अधिकांशको हत्या उनीहरूका श्रीमानबाट भएको बताए।
देशभरी भएका अन्य कैयौं हिंसाका घटनामा परि ठूलो संख्यामा महिला घाइते पनि भएको विवरण आफूहरूसँग रहेको उनको भनाइ छ।
महिलाविरुद्ध हुने हिंसा नियन्त्रण फिजीमा अझै पनि चुनौतीपूर्ण कार्य नै रहेको अलिले बताए।
उनले आफ्नो कार्यालयमा आएका उजुरी तथा सूचनामध्ये झण्डै ४० प्रतिशतलाई प्रहरीसमक्ष लगिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।