काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नागरिकले पैसा अभावमा उपचार गर्न नसके राज्यले उपचार गरिदिनुपर्ने बताएका छन्।
काभ्रेस्थित खाँडादेवी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीमा बोल्दै उनले भने, ‘राज्यले उपचार गरिदिएन भने तपाईं अदालत जान सक्नुहुन्छ।’ उनले थपे, ‘राज्यको मौलिक अधिकारअनुसार उपचार प्राप्त गर्न अदालतमा मुद्दा दायर भएमा अदालतले उपचार गर्न पाउनैपर्ने फैसला गर्नैपर्छ।’
शिक्षाबाट वञ्चित भएकाले पढ्नु पाउनुपर्ने माग गर्दै अदालत गएमा पढ्नबाट वञ्चित हुनुनपर्ने दाबी गरे। उनले राज्यले पढाउने वातावरण मिलाउन बाध्य हुने बताए। त्यसैगरी रोजगारी दिन राज्यले सकेन भने अदालत जान सकिने विकल्प प्रचण्डले देखाए। अदालतले रोजगारी दिलाउने गरी फैसला गर्न बाध्य हुने उनको भनाइ थियो।
राज्यले खटाएको स्थानमा नजाने कर्मचारीलाई बिदा दिनुपर्ने धारणा राख्दै उनले स्थानीय सेवा ऐनले तल्ला निकायमा आवश्यक कर्मचारी भर्ति गर्ने व्यवस्था हुने बताए।
पूर्वराजाको पछिल्लो सक्रियताप्रति संकेत गर्दै उनको गतिविधिप्रति आपत्ति जनाए। सार्वभौम भइसेकका नेपाली जनतालाई रैती बनाउन सकिन्छ कि भनेर एकथरी मानिसहरु लागिरहेको प्रचण्डको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।