काठमाडौं– प्रधानन्यायधीशमा सिफारिस भएका चोलेन्द्रशमशेर जबराविरुद्धकाे संसदीय सुनुवाइ पुस १५ गतेका लागि ताेकिएकाे छ। संसदीय सुनुवाइ विशेष समितिमा परेका व्यक्तिगत ८ र एक सैद्धान्तिक उजुरीसमेतकाे सुनुवाइ गर्न आइतबार दिउँसाे १ बजेका लागि बैठक बाेलाइएकाे हाे।
सुनुवाइमा सांसदहरुले साेधेका प्रश्नकाे जबराले जवाफ दिनुपर्ने हुन्छ। सुनुवाइमा चित्तबुझ्दाे जवाफ आए जबरा प्रधानन्यायाधीशका लागि स्वीकृत हुनेछन्।
यसअघि ९ थानमध्ये ८ थान उजुरी राणाको कार्यसम्पादन सम्बन्धमा प्रश्न उठाउँदै दर्ता भएका छन्।
राणाले उच्च अदालतदेखि सर्वोच्चसम्म आइपुग्दा सम्पादन गरेका कार्यहरु विवादास्पद भएकाले उनलाई संसदीय सुनुवाइबाट अस्वीकृत गरेर मात्र नपुग्ने भएकाले महाअभियोग समेत लगाउनुपर्ने दाबी उजुरीमा गरिएको छ।
राणामाथि परेका उजुरी खोलिएको र शुक्रबार उजुरीकर्तासँग समितिले छलफल गरेपछि सुनुवाइकाे मिति ताेकेकाे हाे।
समिति सचिवालय सिंहदरबारमा बिहीबार बसेको बैठकले राणाविरुद्ध परेका उजुरीबारे अध्ययनका लागि समितिका सदस्यहरुलाई वितरण गरेको थियाे।
प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध गत पुस २ गतेदेखि सार्वजनिक उजुरी आह्वान गरिएको थियो।
संवैधानिक परिषद्को बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पुस १७ गते उमेर हदका कारण अनिवार्य अवकाश पाउँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।