• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वीरगन्जवासीको प्रश्न– सार्वजनिक पोखरी व्यक्तिको फैसला गर्ने प्रधानन्यायाधीश भए न्याय हुन्छ? 

\'राणाको नाम अस्विकार गरौं, महाभियोगका लागि छानबिन थालौं’
64x64
नेपाल लाइभ शुक्रबार, पुस १३, २०७५  ११:५३
1140x725

काठमाडौं– भावी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कार्यक्षमतामाथि प्रश्न उठाउँदै वीरगन्जका स्थानीय जनताले उनी पदमा पुगे न्याय मर्ने टिप्पणी गरेका छन्।

राणाको सुनुवाइअघि उजुरी गर्न काठमाडौं आएका वीरगन्जवासीले पुस्तौंदेखि सार्वजनिक रहेको धार्मिक महत्वको पोखरी आफन्तको नाममा भूमाफियाको चलखेलका आधारमा फैसला गर्ने राणालाई प्रधानन्यायाधीश नियुक्त गर्ने नभई महाअभियोग लगाउन माग गरे। पोखरी बचाउ अभियानमा रहेका एक अभियन्ता जफर अन्सारीले ४ बिघामा फैलिएको पोखरी विभिन्न प्रपञ्च खडा गरी राणाको मिलेमतोमा आफन्त प्रमोद शाहको नाममा हुने त्रुटिपूर्ण फैसलाको छानबिन हुनुपर्ने बताए। 

‘सार्वजनिक जग्गा व्यक्तिको हुने फैसला गर्ने र भूमाफियासँग संगत भएको व्यक्ति प्रधानन्यायाधीश भएमा न्याय हुन्छ कि अन्याय?’ अन्सारीले भने, ‘सांसदहरुसँग हामी आग्रह गर्छौं- उनको नाम अस्विकार गरौं र महाभियोगका लागि छानबिन थालौं।’

हिन्दु र मुस्लिमहरुको संयुक्त धार्मिक गतिविधि हुने यो पोखरी व्यक्तिको हुने फैसला गर्ने कुनै कानुनी आधार नभए पनि न्यायाधीश आफन्त भएकै आधारमा र भूमाफियासँगको चलखेलका कारण फैसला गरिएकाले सुनुवाइ समितिका सदस्यहरुले छानबिन गर्नुपर्ने माग उनले गरे। 

राणाविरुद्ध यो सहित ९ वटा उजुरी दर्ता भएका छन्। पोखरी व्यक्तिको नाममा हुने फैसला गरेपछि यसविरुद्ध वीरगन्जवासीहरु काठमाडौंसम्म आफ्नै खर्चमा आएका हुन्।

‘पुर्खाले वर्षौंदेखि धार्मिक परम्परा धान्दै आएको पोखरी कसरी व्यक्तिको कब्जामा पुगेको हेर्न सक्छौं?’ उनले भने, ‘यही पोखरी बचाउन जिल्ला अदालतमा निवेदनसमेत दायर गरेको तर राणा प्रधानन्यायाधीश भएमा उक्त मुद्दा हार्ने भएकाले बाध्य भएर काठमाडौं आएका हौं।’ 

जिल्ला र तत्कालीन पुनरावेदन अदालतको फैसला उल्टाउँदै राणाले वीरगन्जको छपकैया पोखरी नातेदार पर्ने प्रमोद शाहको नाममा पारेकाले छानबिन गर्न अन्सारीले माग गरे। 

उजुरी समितिमा जानुअघि नेपाल लाइभसँग कुरा गर्दै अन्सारीले पोखरी बचाउने कुरामा सांसदहरुले साथ दिने विश्वास रहेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत हेटौंडाले सार्वजनिक कायम हुने भनिएको फैसला उल्टाउँदै न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाले २०७१ भदौ ८ गते शाहको नाममा दर्ता कायम गर्न आदेश दिएको थियो।

छपकैया पोखरी वीरगन्जमा छठ पर्व मनाइने महत्वपूर्ण पोखरीमध्ये एक हो। पोखरीको पश्चिम भागमा छठदेवीको मन्दिरसमेत रहेको छ। 

२०२१ सालसम्म ऐलानी जग्गाका रूपमा रहेको उक्त पोखरीलाई २०४८ सालमा प्रमोद शाहले आफ्नो नाममा जग्गाधनी कायम गराएका थिए। तर शाहले व्यक्तिगत भनेर दर्ता गराएको जग्गालाई पुन: सार्वजनिक कायम गर्न २०४९ सालमा नगरपालिकाका कार्यकारी अधिकृत रामकृष्ण भुर्तेलले मुद्दा दायर गरेका थिए। 

उक्त मुद्दामा २०५२ सालमा जिल्ला अदालत पर्साले, २०५४ सालमा पुनरावेदन अदलत हेटौंडाले तथा २०५६ सालमा सर्वोच्च अदालतले ‘प्राविधिक विषयलाई आधार मानेर’ हकदाबी नपुगेको तथा हदम्याद गुजारेको भन्दै खारेजी गरिदिएको थियो। तत्कालीन समयमा प्रधानन्यायाधीश रहेका त्रिलोक प्रताप राणाले उक्त मुद्दामा दबाब दिएका थिए।

Xtrem

Xtrem

शाह राणाका सालो नाता पर्ने व्यक्ति भएकाले दबाबमा अदालतबाट फैसला गरिएको अन्सारीको दाबी छ। तर आफूले सार्वजनिक पोखरी फर्काउने अभियान बाँकी राखेर पुन: जिल्ला अदालतमा निवेदन दिएपछि २०६५ असार २६ गते छपकैया पोखरीलाई सार्वजनिक ठहर गरिएको थियो। उक्त ठहरलाई २०६७ सालमा तत्कालीन पुनरावेदन अदालतले पनि सदर गरिएको थियो। 

सर्वोच्च अदालतमा दीपकराज जोशी र राणाको बेञ्चले पोखरी शाहको नाममा दर्ता कायम गरिदिएको थियो। जोशी यसअघि नै प्रधानन्यायाधीशमा सुनुवाइ समितिवाट अस्वीकृत भई सकेका छन् भने राणाको सुनुवाइ आइतबार हुँदैछ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०७५  ११:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
असोज २३ बाट दशैंका लागि अग्रीम टिकट बुकिङ खुला
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बेपत्ता व्यक्तिको मृत्यु घोषणाका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्दैछौं : कानुनमन्त्री मंगलबार, असोज २०, २०८३
असोज २३ बाट दशैंका लागि अग्रीम टिकट बुकिङ खुला मंगलबार, असोज २०, २०८३
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्