• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

विश्वका उत्कृष्ट ब्याट्सम्यानलाई आफ्नो \'स्पिन\'मा घुमाउँदै सन्दीप लामिछाने 

64x64
नेपाल लाइभ शुक्रबार, पुस १३, २०७५  ०८:३६
1140x725

काठमाडौं– दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए,'बिग बास खेल्ने सपना देखेको छु ।'

अहिले तिनै १८ वर्षीय सन्दीपले अष्ट्रेलियाको ‘बिग बास’ लिगमा मेलबर्न स्टार्सबाट खेल्दै नेपालबाट बिग बास लिगमा खेल्ने पहिलो खेलाडी बनेर इतिहास रचेका मात्र छैनन, डेब्यू खेलमै सनसनी मच्चाएका छन्। उनले पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध २ र दोस्रो खेलमा होबर्टविरुद्ध ३ विकेट लिएका थिए। बिहीबार भएको सिड्नी सिक्सरविरुद्धको तेस्रो खेलमा पनि २ विकेट लिएपछि सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा पुगेका छन्। 

क्याम्पाचौरको नेटमा बल फ्याँक्ने ‘फुच्चे केटो’को भाउ विश्व क्रिकेट बजारमा अहिले करोडौं पुगिसकेको छ। यसै वर्ष मात्र विभिन्न अन्तर्राष्ट्रिय लिगमा सहभागिता जनाएका सन्दीपले नामसँगै दुई करोड रुपैयाँभन्दा बढी आम्दानीसमेत गरेका छन्।

अष्ट्रेलियामा पहिलो पटक व्यावसायिक क्रिकेट खेल्न लागेका सन्दीपले न्यानो माया र सत्कार पाएका छन्। मेलबर्नका कप्तान ग्लेन म्याक्सवेल तथा रिकी पोन्टिङ र माइकल क्लार्कसँग परिचयका कारण उनलाई अष्ट्रेलिया नौलो लागेको छैन। सन्दीपले इण्डियन प्रिमियर लिग (आइपिएल)मा म्याक्सवेलसँग खेलेका थिए भने पोन्टिङ नयाँ दिल्लीका प्रशिक्षक थिए।

चर्चित टिप्पणीकार तथा पाकिस्तानका पूर्व खेलाडी रमिज राजाले पनि सन्दीपको प्रदर्शनको खुलेर चर्चा गरेका छन्। रमितले भनेका छन् – “उसको स्वभावले मलाई आकर्षण गरेको छ। यो उमेरमा पनि उसले सबै कुरालाई नियन्त्रणमा राख्न सकेको छ। भविष्यको यो स्टार खेलाडी हो।”

दुई वर्षअघिसम्म सन्दीप लामिछानेलाई चिन्ने विरलै थिए। तर, सन् २०१६ मा बङ्गलादेशमा भएको यु–१९ विश्वकपमा ह्याट्रिक लिएपछि सन्दीप विश्व क्रिकेटमा एकाएक चर्चित बने।

यु–१९ क्रिकेटमा ह्याट्रिक लिने उनी विश्वका पाँचौ खेलाडी हुन्। आयरल्याण्डविरुद्धको त्यो ह्याट्रिकले उनलाई विश्वमाझ चिनायो जसका कारण सन्दीप अहिले विश्वका उत्कृष्ट फ्रेन्चाइजी लिगमा नभई नहुने खेलाडी जस्तै बनिसकेका छन् र करोडौँ आम्दानी गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रिय टोलीका कप्तान पारस खड्काले सन्दीप क्षमतावान् खेलाडी भएको प्रतिक्रिया दिएका छन् ।  उनी भन्छन् – “सन्दीप नेपाली क्रिकेटको भविष्य हो ।”

अहिले अष्ट्रेलियाको बिग बास लिग खेलिरहेका सन्दीपलाई फ्रेन्चाइजी लिग खेल्न भ्याइनभ्याई छ। यसै वर्षको शुरुमा इण्डियन प्रिमियर लिगबाट टि–२० लिगमा डेब्यू गरेको उनले यही एक वर्षमा क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि–२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, टि–१० लिग र अष्ट्रेलियाको बिग बास लिगमा आफ्नो उपस्थिति जनाएका मात्र छैनन, विश्व क्रिकेटका हस्ती ब्याट्सम्यानलाई पेबेलियन पनि फर्काएका छन्। बिग बास लिगपछि सन्दीपले जनवरीमा बङ्गलादेश प्रिमियर लिग र फेब्रुअरीमा पाकिस्तान सुपर लिगमा खेल्नेछन्।

सत्र वर्षको उमेरमा आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले दिल्ली डेरडेविल्समा डेब्यू गरे। रोयल च्यालेन्जर्स बैङ्लोरविरुद्धको पहिलो ओभरमा छ रन दिएका सन्दीपले दोस्रो ओभरमा पार्थिव पटेललाई पवेलियनको बाटो देखाए। दोस्रो खेलमा दुई र तेस्रो खेलमा तीन विकेट लिँदा सन्दीपको सफलता मैदानमा जसरी चुलिँदै गएको थियो, कमेन्ट्री बक्समा पनि उस्तै गरी चुलिँदै थियो। 

सन्दीप जहाँ खेले त्यहाँ उनले आफ्नो स्पीनमा ब्याट्सम्यानलाई घुमाउन सफल भए। आइपिएलमा ६ विकेट लिएका सन्दीपले क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सका लागि ७ विकेट लिए । त्यसपछि क्यानडामा मोन्ट्रेल टाइगर्सका लागि ८ विकेट लिए । टि–१० लिगमा पनि केरला नाइट्सका लागि ६ विकेट लिए ।

Xtrem

Xtrem

सन्दीपले आगामी सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पनि पक्का भइसकेको छ । सन्दीपलाई गत महिना दिल्ली क्यापिटल्सले ‘रिटेन’ गरिसकेको छ। 

आइपिएल आगामी २३ मार्चमा सुरु हुनेछ। भारतमा आम निर्वाचन हुने भएका कारण आइपिएल युएई वा दक्षिण अफ्रिकामध्ये एक स्थानमा गर्ने तयारी गरिएको छ। जुनमा हुने आइसिसी एक दिवसीय विश्वकपका कारण आइपिएल एक महिनाअघि हुन लागेको छ। 

सन्दीपले अहिलेसम्म आइपिएल (भारत), ग्लोबल टी–२० (क्यानडा), सिपिएल (वेस्ट इन्डिज), एपिएल (अफगानिस्तान), पिपिएल (नेपाल), बिबिएल (अस्ट्रेलिया), बिपिएल (बङ्गलादेश) मा सहभागिता जनाइसकेका छन्।

विश्व क्रिकेटमा उनलाई अहिले अद्भूत वा मूल्यवान् खेलाडी भन्न थालिएको छ। बिग बास लिगको पहिलो खेलमै दुई विकेट लिएपछि मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले उनको प्रशंसा गर्दै भनेका थिए – “उमेरमा ऊ कच्चा होला तर उसको बलिङ गर्ने शैली निकै उत्कृष्ट छ ।”

सन्दीपको क्षमताबाट प्रभावित हुने पहिलो लिजेन्ड माइकल क्लार्क थिए जसले हङ्कङमा सन् २०१६ मा भएको टि–२० ब्लीजमा उनको बलिङ देखेका थिए । त्यसपछि क्लार्कले लामिछानेलाई अष्ट्रेलियामा ग्रेड क्रिकेट खेल्न र प्रशिक्षण गर्न समेत बोलाए ।

यस क्रममा उनले रिकी पोन्टिङ, ग्लेन म्याक्सवेल, सुनिल नारिन, क्रिस गेल जस्ता उच्चकोटिका खेलाडीसँग ड्रेसिङ रुममा बिताउन पाए। यससँगै उनले डेविड वार्नर, क्रिस लिन र केइरन पोलार्ड जस्ता विश्वस्तरीय ब्याट्सम्यानहरूको विकेट पनि लिइसकेका छन्। यसै क्रममा नेपालले विश्व क्रिकेटमा ठूलो फड्को मार्न सफल पनि भयो।

छोटो समयमै नेपाली क्रिकेट टोलीका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दीपले आफ्नो प्रदर्शन र बलिङको मद्दतले नेपालको नाम थुप्रै पटक उँचो पारिसकेका छन्। सानै उमेरमा चर्चाको शिखरमा पुग्न सफल सन्दीपले धेरै शुभेच्छुकहरू कमाएका छन्। 


स्याङ्जाको आरुचौर जन्मेका उनी सानैमा भारतीय रेल्वे सेवामा जागिरे आफ्नो बाबु चन्द्रनारायण लामिछानेसँगै भारत पुगेका थिए। भारतमा चार कक्षासम्म पढेर उनी नेपाल फर्केका थिए। सन्दीपले चितवनको नारायणगढस्थित क्याम्पसचौरमा रहेको चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन्। त्यहाँ पूर्व राष्ट्रिय क्रिकेटर राजु खड्काबाट उनी प्रशिक्षित भए।

“आफूले क्रिकेट सिकाएको केटो अहिले विश्व मञ्चमा चर्चित हुँदा मलाई वर्ग लागेको छ,” खड्काले भने।

तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके चितवनमा एक दिने प्रशिक्षणका लागि पुग्दा सन्दीपको बलिङबाट एकै नजरमा प्रभावित भएका थिए। त्यसपछि आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत युएईसँगको खेलका लागि राष्ट्रिय क्रिकेट टोलीको छनोट गर्न आयोजित सुपर लिगमा सन्दीपलाई खेल्ने मौका दिइएको थियो। सुपर लिगअन्तर्गत एक खेलमा सन्दीपले चार विकेट लिएका थिए।

सुपर लिगमा राम्रो प्रदर्शन गरेपछि बङ्गलादेश यु–१९ विश्वकप २०१६ खेल्ने टोलीमा सन्दीप छनोट भएका थिए। यु–१९ विश्वकप २०१६ मा सन्दीप प्रतियोगिताकै सर्वाधिक विकेट लिने सूचीमा १४ विकेटसहित दोस्रो स्थानमा थिए। आइसिसीले सन्दीपलाई उक्त यु–१९ विश्वकपको उत्कृष्ट ११ क्रिकेटरको सूचीमा समेत राखेको थियो।

यु–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि २०१६ अप्रिलमा नेपालमा सम्पन्न नामिबियासँगको आइसिसी विश्व क्रिकेट लिग म्याचमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि खेल्ने मौका पाएका सन्दीप त्यसपछि राष्ट्रिय टोलीबाट लगातार खेलिरहेका छन्। 

कुमार चौलागाईं/रासस
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०७५  ०८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्