काठमाडौं- आगामी फागुन महिनाको १५ र १६ गते नेपालमा लगानी सम्मेलन आयोजना हुने भएको छ। नेपाललाई लगानीको आकर्षक गन्तव्य बनाउन लगानी सम्मेलन २०१९ आयोजना गर्न लागिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
विभिन्न मुलुकका संभावित लगानीकर्ता, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रितिनिधि, कूटनीतिक नियोग, गैह्र-आवासीय नेपाली संघ, निजीक्षेत्र, विषय विज्ञलगायतको सहभागितामा लगानी सम्मेलन हुन लागेको सरकारले जानकारी दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सो सम्मेलनमा नेपालमा लगानीका लागि उपयुक्त हुने परियोजना प्रस्तुत गरिने बताइएको छ।
यसअघि २०७३ सालमा पनि लगानी सम्मेलन आयोजना गरिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।