काठमाडौं– गृहमन्त्री सुधन गुरुङ असोज २६ गते भारतको नयाँदिल्ली जाने भएका छन्।
गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार गुरुङ बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन नयाँदिल्ली जान लागेका हुन्।
गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हुनेछ। भ्रमणका क्रममा उनले बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको बैठकमा नेपालको प्रतिनिधित्व गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।